अन्तिम प्रहरमा दोहोरो अङ्कले बढ्यो नेप्से

प्रधानमन्त्री शेरबहादुर देउवाले ५ जेठभित्रै स्थानीय निर्वाचन गराउने तयारीका खबर सार्वजनिक भएसँगै बजारमा हरियाली छाएको थियो। निर्वाचन आयोगले मंगलबार आफ्नो धारणा सार्वजनिक गरेपछि शेयर बजारका लगानीकर्ता थप उत्साहित भएको अनुमान गरिएको छ।

नेपालभ्युज

अन्तिम प्रहरमा दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं। शेयर बजारमा मंगलबार अन्तिम प्रहरमा नेप्से सूचकमा दोहोरो अंकको वृद्धि भएको छ। खरिदबिक्री रकम पनि औसतमा राम्रो रहेको हो।

साताको तेस्रो दिन नेप्से सूचक १९.२९ अंकले बढेर २८९१.३४ विन्दुमा पुगेको छ। ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

अन्तिम समयमा मात्र ह्वात्तै बढेको बजारमा दुई कम्पनीको बजार मूल्यमा सकारात्मक सर्किट लागेको छ। अघिल्लो दिन सामान्य करेक्सन भएको बजार मंगलबार पनि पहिलो प्रहरमा केही करेक्सनमा गएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले ५ जेठभित्रै स्थानीय निर्वाचन गराउने तयारीका खबर सार्वजनिक भएसँगै बजारमा हरियाली छाएको थियो। निर्वाचन आयोगले मंगलबार आफ्नो धारणा सार्वजनिक गरेपछि शेयर बजारका लगानीकर्ता थप उत्साहित भएको अनुमान गरिएको छ।

निर्वाचन आयोगले ५ जेठपछि स्थानीय निकायका पदाधिकारीहरुको अवधि समाप्त हुने र कानूनी आधारमा समेत ५ जेठ गतेभित्र चुनाव गराइसक्नुपर्ने बताएको छ।

निर्वाचनकै बारेमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै निर्वाचन आयोगका पदाधिकारीलाई छलफलका लागि बोलाएको खबरहरु पनि सार्वजनिक भएका छन्। सोही कारण पनि लगानीकर्ताहरु उत्साहित भएको अनुमान गरिएको छ।

यस दिन ३९ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेसनल हाइड्रोपावर अग्रस्थानमा परेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र अपि पावर परेका छन्। १३ मध्ये १० समूहका सूचक वृद्धि भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved