कीटनाशक औषधिको अत्यधिक प्रयोगले प्रदेश १ को खेतीयोग्य भूमिमा अम्लियपन बढ्दै

नेपालभ्युज

कीटनाशक औषधिको अत्यधिक प्रयोगले प्रदेश १ को खेतीयोग्य भूमिमा अम्लियपन बढ्दै

विराटनगर । रासायनिक मल तथा किटनाशनक औषधीको अत्याधिक प्रयोगले प्रदेश १ को खेतीयोग्य जमिनमा पछिल्लो समय कार्बनको मात्रा घट्दै गएको छ। अर्गानिक उत्पादन प्रणालीको अभावमा कार्बनको मात्रा घटदै जाँदा माटोमा अम्लको मात्रा भने बढ्न थालेको छ। यसले उत्पादनकत्वमा नकारात्मक असर पुर्या‍उनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर गरिरहेको विज्ञहरुले बताएका छन्।

प्राङ्गारिक मलको अभावमा प्रदेश  १ को ८० प्रतिशत खेतीयोग्य भूमि अम्लिय भएको छ। अम्लियपन बढ्दा माटोबाट बालीलाई चाहिने आवश्यक खाद्यतत्वको आपूर्ति हुन सकेको छैन। जसकारण फलफुल, तरकारी र अन्नबालीको उत्पादन पनि निरन्तर घटन थालेको छ।

माटोमा भएको अम्लियपनले माटोको उर्वराशक्तिमा नकारात्मक असर पु¥याउँदा किसानका लागी यो टाउको दुखाईको विषय बनेको छ। कार्बनको श्रोत रहेको प्राङ्गगारिक मलको ठाउँमा रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लियपन बढदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला प्रदेश १ का माटोविज्ञ दिगम्बर यादवले बताए।

उनले माटोमा पिएचको मात्रा सन्तुलनको बिन्दुमा नहुुँदा यसले बालीनालीलाई असर गरिरहेका जानकारी दिए। ‘माटोमा हाईड्रोजन आयनको मात्रा घनात्मक हुँदा अम्लियपन बढ्ने र ऋणात्मक हुँदा क्षारियपन बढ्ने गर्दछ। माटोमा पिएचको मात्रालाई सन्तुलन अर्थात ७ मा राख्न रासायनिक मलको प्रयोग घटाउनुपर्छ,’ उनले भने, ‘माटोको अम्लियपन न्युनीकरण गर्न कृषि चुनको प्रयोग गर्नुपर्ने आवश्यक देखिन्छ।’

बिरुवालाई हुर्कन तथा बढ्न नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम म्याग्नेसियम, सल्फर, नाइट्रोजन र सुक्ष्मतत्वका रुपमा रहेका फलाम, ताँबा, वोरोन, म्याङगानिज, मोलिब्डेनम क्लोरिन लगायतका खाद्य तत्वहरु चाहिन्छ। ती खाद्य तत्वहरुको आपूर्ति गर्न माटोमा प्राङ्गारिक पदार्थ हुनु आवश्यक हुन्छ। तर, माटोमा प्राङ्गगारिक पदार्थको अभावमा बालीनाली मासिने र उत्पादन नहुने लगायतका समस्या देखा पर्दै गइरहेका छन्।

यसबाहेक ढुसी, फङगज तथा विभिन्न ब्याक्टेरियाहरु यही अम्लियपनको अवस्थामै बाँच्ने भएकाले यसले बालीनालीका साथै मानव स्वास्थ्यमा पनि गम्भीर असर पुर्याईरहेको छ। यसको समुचित समाधान र माटोको उर्वराशक्ति बढाई बालीनालीको उचित संरक्षणका लागी जैविक पद्धति अबलम्बन गर्नुपर्ने बाली संरक्षण प्रयोगशाला प्रदेश१ का प्रमुख मुकेश कुमार यादवको भनाइ छ।

प्रदेश१ मा कुल क्षेत्रफलको ३१.९१ प्रतिशत अर्थात् ८ लाख २६ हजार ६ सय ४६ हेक्टर जमिन खेतीयोग्य छ। जसमध्ये हिमाली भेगमा १ लाख ४ हजार ५ सय ५, पहाडमा ४ लाख २४ हजार ७ सय १३ र तराईमा २ लाख ९७ हजार हेक्टर जमिनमा खेती हुन्छ। तर, पछिल्लो समय बढ्दो जनसङ्ख्याको खाद्यान्नको माग पूरा गर्न सघन बाली प्रणाली अपनाउँदा माटोको उर्वराशक्ती घट्दै गएको छ। प्रदेश कृषि निर्देशनालयको तथ्याङ्क छ।

प्राचीनकालदेखि नै प्राङ्गारिक मललाई खासै महत्व नदिईएको कारणले पनि हाल माटोमा अम्लियपनको समस्या आइपरेको कृषि विज्ञहरुको निष्कर्ष छ। मलमा भएका खाद्यतत्वको संरक्षण र सदुपयोगको ज्ञान तथा सीपको अभामा नेपालले एकातिर बर्षेनि करोडौँ मुल्य बराबरको नाइट्रोजन मल गुमाइरहेको छ भने अर्काेतिर विदेशबाट नेपालले अर्बौ रुपैयाँ बराबरको रासायानिक मल खरिद गरिरहेको उनीहरु बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved