काठमाडौंमा आज राति १२ बजेबाट जोर–बिजोर प्रणाली लागू हुँदै

कोरोना भाइरसको संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा आजबाट जोर–बिजोर प्रणाली लागू हुने भएको छ।

नेपालभ्युज

काठमाडौंमा आज राति १२ बजेबाट जोर–बिजोर प्रणाली लागू हुँदै

काठमाडौं। कोरोना भाइरसको संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा आज (शुक्रबार)बाट जोर–बिजोर प्रणाली लागू हुने भएको छ। उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा शुक्रबार राति १२ बजेदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।

बिहीबार बसेको तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बैठकले सार्वजनिक र निजी सवारीसाधनहरूमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरी आदेश जारी गरेको छ। कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरिएको हो।

यसैगरी, सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य, स्यानिटाइजरको व्यवस्था, चालक र सहचालकले फेस सिल्ड लगाउनुपर्ने, सवारीसाधनलाई दैनिक निसंक्रमित गर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश नदिने प्रशासनको आदेशमा उल्लेख छ।

आदेश औषधी, स्वास्थ्य सामग्री बोक्ने सवारीसाधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका साधन, पशुपन्छीका दाना, अण्डा, फलफूल, खाद्यान्न, तरकारी र माछामासु बोकेका साधनबाहेकमा लागू हुने छ।

लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरूदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने, यात्रुहरूको विवरण जिल्लास्थित कोभिड(१९ संकट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउनुपर्ने छ।

यस्तै, आदेशमा लामो दुरीमा चल्ने यात्रुहरूलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण व्यवस्था मिलाउन भनिएको छ।

आदेशमा आसभा, जुलुस, सभा, भेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जिमखाना, रंगशाला, महोत्सव, स्वीमिङ पुल, हाटबजार लगायत बन्द हुनेछन्।

शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठन(पाठन गराउन पाइने छैन। विश्वविद्यालय, विद्यालयका परीक्षा, भर्नालगायत सबै किसिमका परीक्षा गराउन पाइने छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved