एमाले उपमहासचिव गुरुङलाई सङ्क्रमण

एमाले उपमहासचिव गुरुङलाई सङ्क्रमण

काठमाडौं। नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस सङ्क्रमण भएको छ। आज पीसीआर परीक्षणका क्रममा उनलाई सङ्क्रमण भएको हो। सङ्क्रमण भएपछि उनी होम आइसोलेशनमा छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई पनि सङ्क्रमण भएको थियो। यसअघि नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ, एमाले महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, सुजिता शाक्यलगायतलाई सङ्क्रमण भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved