पेशागत सुरक्षाका लागि एकजुट हुन सुनचाँदी व्यवसायीको आग्रह

नेपालभ्युज

पेशागत सुरक्षाका लागि एकजुट हुन सुनचाँदी व्यवसायीको आग्रह

काठमाडौं। सुनचाँदी व्यवसायीहरूले व्यावसायिक सुरक्षाका लागि व्यवसायीहरूबीच एकता हुनुपर्ने खाँचो औँल्याएका छन्।

व्यवसायीबीच एकता हुन नसके त्यसको असर समग्र सुनचाँदी व्यवसायमा पर्ने भएकोले एकै प्रकृतिका संस्थाहरू आपसमा मिलेर अगाडि बढ्नुपर्ने खाँचो उनीहरूले औँल्याए। नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा सोमबार काठमाडौंमा आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा सहभागी व्यवसायीहरूले दुई महासंघवीच आपसी एकताको खाँचो रहेको बताए।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिकरत्न शाक्यले व्यवसायीहरू एकजुट भएर अगाडि बढ्न सकेजस्तो सुकै अप्ठ्यारा र चुनौतीहरूलाई पनि सहजै चिर्न सकिने बताए। सुनचाँदी व्यवसायीले कच्चा पदार्थको अभाव देखि अन्य धेरै समस्या झेल्नुपरेको उल्लेख गर्दै यसका समाधानका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघवीच कम्तिमा पनि साझा मुद्दामा एकता हुनुपर्ने आवश्यकता रहेको बताए।

त्यस क्रममा रत्न तथा आभूषण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष सुरेशमान शाक्यले सबै सुनचाँदी व्यवसायीका मुद्दा एउटै भएकोले सवै मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे।

त्यस क्रममा महासंघका विशिष्ट सदस्य मणिरत्न शाक्यले दुई महासंघबीच कम्तीमा पनि कार्यगत एकता हुनुपर्ने खाँचो औँल्याए। कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका तर्फबाट नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved