दामोदार पौडेललाई हराउँदै एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ विजयी

नेपालभ्युज

दामोदार पौडेललाई हराउँदै एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ विजयी

पोखरा। नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा गुरुङले ४५६ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी दामोदर पौडेल (बैरागी)ले ४०७ मत पाएका थिए।

यस्तै उपाध्यक्षमा तेजनारायण अधिकारीले ४२१ मत पाएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी प्रभा कोइरालाले ४१३ मद ल्याएकी छन्। सचिवमा बैनबहादुर क्षेत्रीले ४ सय ७५ मत ल्याउँदा अर्का प्रतिस्पर्धी विष्णुबहादुर केसीले ३ सय ६४ मत ल्याएका छन्। उपसचिवमा दर्शन लामा (५४०) र नवराज ओझा (४४३) विजयी भएका छन्। शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि चुनावी प्रक्रियामा गएको थियो।

अध्यक्षमा निर्वाचित गुरुङ यसअघि एमाले कास्कीका उपाध्यक्ष थिए। जिल्ला अध्यक्ष कृष्ण थापा गएको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेपछि गुरुङ कार्यबाहक जिल्ला अध्यक्ष बनेका थिए। उनी गण्डकी प्रदेश सांसदसमेत हुन्।

सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि एमाले कास्कीले पार्टी विधानविपरीत प्यानलै बनाएर चुनावी मैदानमा होमिएका हुन्। कास्कीमा एमाले गण्डकीका नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी समूहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवार खडा गरेका हुन्। विजयी गुरुङ पृथ्वीसुब्बा प्यानल र बैरागी खगराजले प्यानलबाट उम्मेदवारी दिएका हुन्।

निर्वाचन समिति संयोजक सुरेन्द्र थापाका अनुसार एमाले कास्की अधिवेशनमा जिल्लाभरबाट ९१९ प्रतिनिधि छानिएका थिए। जसमा ८९५ जनाले मात्रै मतदान गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved