पाकिस्तानी तालिवान नेता मोहम्मद खुरासनी अफगानिस्तानमा मारिए

पाकिस्तानमा दशकौँदेखि आतङ्क मच्चाउँदै आएको आतङ्कवादी समूह तहरीक ए तालिवान पाकिस्तान टीटीपीका नेता खालिद बटली मोहम्मद खुरासनी मारिएका छन्।

नेपालभ्युज

पाकिस्तानी तालिवान नेता मोहम्मद खुरासनी अफगानिस्तानमा मारिए

काठमाडौं। पाकिस्तानमा दशकौँदेखि आतङ्क मच्चाउँदै आएको आतङ्कवादी समूह तहरीक ए तालिवान पाकिस्तान टीटीपीका नेता खालिद बटली मोहम्मद खुरासनी मारिएका छन्। मोस्ट वान्टेडको सूचिमा रहेका खुरासनी अफगानिस्तानको नंगाहार प्रान्तमा मारिएका अलजजिराले बताएको छ

पाकिस्तानको स्थानीय मिडियाले उनी मरेको रिपोर्ट प्रसारण गरेका छन्। तर, स्रोतले ती रिपोर्टहरू पुष्टि गर्न सकेका छैनन्। ५० वर्षीय खुरासनी अफगानिस्तानमा तालीवानी सरकार बनेपछि बारम्बार काबुल जाने गरेको सूचनाको आधारका व्यापक खोजी गरिएको थियो। त्यसै क्रममा अफगानिस्तानको गठबन्धन सेनाले उनको हत्या गरेको बुझिएको छ।

टीटीपीको कमान्डर समेत रहेका खुरासनीमाथि पाकिस्तानमा सयौँ नागरिक र सुरक्षाकर्मीको हत्या गरेको आरोप थियो। हाल अफगानिस्तानको खैबर प्रान्तमा रहँदै आएको सूचनाको आधारमा धावा बोल्दा उनी मारिएका हुन्।

यद्दपी तालिवानले भने एक विज्ञप्ति जारी गरी खुरासनीको हत्या नभएको दाबी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved