देशको अस्तित्व खतरामा पर्‍यो : पूर्वराजा शाह

नेपालभ्युज

देशको अस्तित्व खतरामा पर्‍यो : पूर्वराजा शाह

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अस्तित्व खतरामा परेको बताएका छन्। राष्ट्रिय एकता दिवस तथा ३ सयौं पृथ्वी जयन्तीका सन्दर्भमा विज्ञप्ति जारी गर्दै उनले राष्ट्रियताका आधारहरूमाथि प्रहार भइरहेको जनाएका छन्।

उनले अहिलेको अवस्थामा एकता दिवसको महत्व र पृथ्वीनारायण शाहको उपदेशको सान्दर्भिकता अझै बढेर गएको बताए। ‘‘परराष्ट्र मामिलाका नीति र व्यवहारको संवेदनशिलतालाई सदैब आत्मसाथ गरिरहनु पर्ने ‘राष्ट्रनिर्माताको सन्देश तथा दिव्य उपदेशलाई गरिएको उपेक्षा कारण यतिबेला हामी असन्तुलनको परिणाम ब्यहोर्दै छौं। देश परायाहरूको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्,’’ विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved