कजाकस्तानमा हिंसात्मक बन्दै आन्दोलन, ८ सुरक्षाकर्मी मारिए

नेपालभ्युज

कजाकस्तानमा हिंसात्मक बन्दै आन्दोलन, ८ सुरक्षाकर्मी मारिए

एजेन्सी। कजाकस्तानमा चलिरहेको सरकारविरूद्धको आन्दोलन हिंसात्मक हुँदै गएको छ।

राष्ट्रपति कास्यम जोमार्त तोकायेभले आन्दोलन नियन्त्रणमा लिन नसक्दा आठ जना सुरक्षाकर्मीको निधन र तीन सय १७ जना सुरक्षाकर्मी हताहत भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्।

नयाँ वर्षको दिन तेलको मूल्य बढेको भन्दै शुरू भएको आन्दोलनका कारण प्रधानमन्त्री अस्कर मामिनले राजीनामा दिइसकेका छन्।

त्यस्तै नुरसुल्तान नाजारबायेभलाई राष्ट्रपति तोकायेभलाई राष्ट्रिय सुरक्षा परिषद् प्रमुखबाट हटाएका छन्।

रूसको राज्य-सञ्चालित स्पुतनिक समाचार एजेन्सीले कजाकस्तानका गृह मन्त्रीलाई उद्धृत गर्दै ८ जना सुरक्षाकर्मी मारिएको जनाएको छ।

राष्ट्रपति तोकायेभले आन्दोलन दबाउन रूसी नेतृत्वको गणबन्धनसँग सहयोग मागेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved