प्रदेश २ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तीन जनाको उम्मेदवारी दर्ता

नेपालभ्युज

प्रदेश २ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तीन जनाको उम्मेदवारी दर्ता

जनकपुरधाम। प्रदेश २ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराउँदैछन्।

अहिलेसम्म प्रदेश २ मा सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवारी दर्ता गराएका छन्।

मंगलबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा दुवै दलका उमेदवारले उमेदवारी दर्ता गराएका हुन्।

लोसपाबाट महोत्तरीकी रूपा यादव (महोत्तरी) र श्यामसुन्दर सरदार(सप्तरी)ले उमेदवारी दर्ता गराएका छन्। यादवलाई प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले प्रस्ताव र परमेश्वर साहले समर्थन गरेका छन्। सरदारलाई अभिराम शर्माले प्रस्ताव र गौरीनारायण शाहले समर्थन गरेका छन्।

माओवादी केन्द्रबाट उर्मिला अर्याल (पर्सा)ले उमेदवारी दिएकी छन्। उनलाई नगिना यादवले प्रस्ताव र सीता साहले समर्थन गरेका छन्।

नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)का उमेदवारहरू निर्वाचन कार्यालय आउने क्रममा छन्। आज दिउँसो ३ बजेसम्म उमेदवारी दर्ताको समय तोकिएको छ। सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमाले र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच प्रतिस्पर्धा हुन लागेको हो।

सत्तारुढ गठबन्धनबाट जसपाले अन्य समूहमा सिरहाका मो. खालिद सिद्दिकीलाई र माओवादीले महिला समूहमा पर्साकी उर्मिला अर्याललाई उम्मेदवार बनाएको छ।

यस्तै, नेकपा एमालेले अन्य समूहतर्फ धनुषाका असर्फी भिनबार यादव र महिला समूहतर्फ रौतहटकी बिना साहलाई उम्मेदवार बनाएको छ।

प्रदेश सभामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का ३९ सांसद छ। नेपाली कांग्रेसको १९ सांसद हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६ सांसद छ। नेकपा एकीकृत समाजवादीका १३ सांसद यो प्रदेशमा छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ८/८ जना सांसद हुँदा नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved