डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?

यस अवधिमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन्। त्यसपछि कार, जीप र ट्र्याक्टर तथा ट्रक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्लामा सबैभन्दा धेरै सवारी दुर्घटना चालकको लापरबाहीबाट हुने गरेको छ।

नेपालभ्युज

डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?
सांकेतिक तस्वीर

रुपन्देही। स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महीना सडक दुर्घटनामा मृत्यु भयो। सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली टोल नजिक उनले चलाएको ग ११ प ५४४४ नम्बरको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

मोटरसाइकल चालक खनाल र मोटरसाइकलमा सवार उनका १३ वर्षीय छोरा सन्दीप खनालको दुर्घटनाबाट गम्भीर घाइते भई उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गर्दागर्दै मृत्यु भयो। दुर्घटनाको मुख्य कारण ट्रकको तीव्र गति भएको ट्राफिक प्रहरीले निष्कर्ष निकाल्यो। यस्ता घटना रुपन्देहीमा दिनहुँजसो हुने गरेका छन्।

जिल्लामा यसरी दुर्घटनाबाट मृत्यु हुनेको संख्या डरलाग्दो देखिन्छ। जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको पछिल्लो चार वर्षको सवारी दुर्घटनाको रेर्कडअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्ममा १ हजार १९४ सवारी दुर्घटनामा ३९० जनाको मृत्यु भएको देखिन्छ भने गम्भीर घाइते ६४९ र घाइते ४१० जना भएका छन्।

आव २०७८/७९ को मंसीरसम्म ६६ सवारी दुर्घटनामा ३८ जनाको मृत्यु भएको देखिन्छ भने गम्भीर घाइते ४५ र घाइते २३ छन्। यसकारण रुपन्देहीमा दुर्घटनाले मानिसको मृत्यु, गम्भीर घाइते र घाइते हुने संख्या हेर्दा अवस्था डरलाग्दो देखिन्छ।

यस अवधिमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन्। त्यसपछि कार, जीप र ट्र्याक्टर तथा ट्रक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्लामा सबैभन्दा धेरै सवारी दुर्घटना चालकको लापरबाहीबाट हुने गरेको छ।

आव २०७४/७५ देखि २०७७/७८ सम्म चालकको लापरबाहीबाट ५२१ वटा दुर्घटना, यात्रुको गल्तीबाट १४९ र तीव्र गतिबाट १५७ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको रेकर्डमा देखिन्छ। ओभरटेक, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, चौपाया, सडकको अवस्था, मौसमको अवस्थाका कारण पनि सडक दुर्घटना हुने गरेका छन्।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाही भएको बताए।

वार्षिकरूपमा हजारौँको संख्यामा सवारी नेपालमा भित्रिने तर पुराना विस्थापित नहुनु, साँघुरा सडक, नशालु पदार्थ सेवन गरी सवारी चलाउनु, फुटपाथको अधिकरणजस्ता कारणले सवारी दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक थापाले भने।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदेशभर ‘चालकसँग ट्राफिक प्रहरी’जस्ता चालक प्रशिक्षण कार्यक्रम गरिरहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले चालकले ट्राफिक नियम पालना नगर्दा डरलाग्दा सडक दुर्घटना हुने गरेको बताए।

सडक दुर्घटनाका लागि रुपन्देहीमा ट्राफिक प्रहरी स्कूल कलेज, क्लब र यात्रुसँग प्रत्यक्ष जोडिएर जनचेतनाका कार्यक्रम गरिरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए। उनले भने, “सडक दुर्घटना न्यूनीकरणका लागि हाम्रो अभियान चालकदेखि यात्रुसँग हुन्छ।”

रुपन्देहीमा पछिल्लो समय ट्राफिकले बढी भीडभाड हुने स्थानमा ट्राफिक लाइट जडान तथा अन्तक्र्रिया र चालक प्रशिक्षण कार्यक्रम गरिरहेको छ।

असुरक्षित सडक संरचना, व्यवस्थित सवारी नियमन मापदण्डको अभाव, चालकको अयोग्यता, सवारी नियमको अज्ञानताका कारणले धेरै सवारी दुर्घटना हुने गरेको सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमितिको २०७७ को प्रतिवेदनमा उल्लेख छ।

सडक दुर्घटना हुनुमा सवारी चालक र पैदलयात्री नै जिम्मेवार देखिने गरेको तथ्य भेटिन्छ। यसको न्यूनीकरणका लागि चालक र यात्रुलाई जिम्मेवारी बनाउनु पर्दछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved