राष्ट्रियसभा निर्वाचनः सत्तागठबन्धनले टुंग्यायो भागबण्डा, कसलाई कति सिट?

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी १२ माघमा निर्वाचन हुँदैछ। जसका लागि २० पुसमा मनोनयन दर्ता हुँदैछ।

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचनः सत्तागठबन्धनले टुंग्यायो भागबण्डा, कसलाई कति सिट?
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा बसेको सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले राष्ट्रियभा चुनावका लागि भागबण्डा टुंग्याएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सत्तागठबन्धनमा रहेका दलहरुमध्ये कुन दलले कति सिट पाउने भन्ने विषय टुंग्याएको हो।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी १२ माघमा निर्वाचन हुँदैछ। जसका लागि २० पुसमा मनोनयन दर्ता हुँदैछ।

सोही १९ सिटमा कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँच/पाँच सिट पाउनेगरी गठबन्धनमा सहमति भएको हो। गठबन्धनका अन्य घटक जनता समाजवादी पार्टीले दुई र जनमोर्चाले एक सिट पाएका छन्।

यसअघि कांग्रेसको ३, माओवादी र एकीकृत समाजवादीको ४/४ क्षेत्रमा सीट रिक्त भएको थियो।

बैठकमा सहभागी एक सदस्यका अनुसार अहिले कांग्रेसले तीन सीट बढी पाएको छ भने माओवादी र नेकपा एसले एक एक सिट बढी पाएका छन्। कुनै सीट खाली नभएको जसपाले २ सिट पाउँदा जनमोर्चाले १ सीट पाएको छ ।

आजको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved