राष्ट्रघाती भन्नेले पहिले एमसीसी पढ्नुपर्‍यो : देउवा

‘‘राष्ट्रघाती भन्नेले पहिले पढ्नुपर्यो। कहाँ त राष्ट्रघात। मैले राष्ट्रघाती देखेको छैन,’’ माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रधानमन्त्री देउवाले भने,‘‘म पनि प्रधानमन्त्री हो । मैले राष्ट्रघात किन गर्छु ? म पनि राष्ट्र र प्रजातन्त्रका लागि लडेको मान्छे हुँ।’’

नेपालभ्युज

राष्ट्रघाती भन्नेले पहिले एमसीसी पढ्नुपर्‍यो : देउवा

काठमाडौं।  प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता राष्ट्रघाती नरहेको बताएका छन्। राष्ट्रघाति भन्नेहरूले पहिले यसलाई बिस्तृत रूपमा पढ्नुपर्ने सुझाव उनले दिएका छन्।

‘‘राष्ट्रघाती भन्नेले पहिले पढ्नुपर्यो। कहाँ त राष्ट्रघात। मैले राष्ट्रघाती देखेको छैन,’’ माओवादी केन्द्रको आठौं महाधिवेशनमा उनले भने,‘‘म पनि प्रधानमन्त्री हो । मैले राष्ट्रघात किन गर्छु ? म पनि राष्ट्र र प्रजातन्त्रका लागि लडेको मान्छे हुँ।’’

उनले थपे,‘‘ यस सम्बन्धमा पढ्नुस्, छलफल गर्नुस्। हामी पनि छलफल गर्दैछौं। एमसीसी नेपालको हितमा छ। यो सित्तै आएको पैसा हो। सित्तै आएको पैसा चाहिदैंन भन्छन्। वल्र्ड बैंक, एबिडी बाट ऋण लिन्छौं, त्यसमा अन्तर्राष्ट्रिय कानून लागु हुन्छ। एमसीसी सित्तैमा आएको छ, नेपालको कानून मान्छु भन्छ। यो पास गराउन हामी लागेका छौं।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved