काठमाडौंबाहिर पहिलोपटक मकवानपुरमा ई-पासपोर्ट दर्ता शुरु

काठमाडौंबाहिर पहिलोपटक मकवानपुरमा ई-पासपोर्ट दर्ता शुरु

मकवानपुर। जिल्ला प्रशासन कार्यालय मकवानपुरले ई- पासपोर्टका लागि आजबाट प्रत्यक्ष दर्ता शुरु गरेको छ। ई-पासपोर्टका लागि सेवाग्राही आफैले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

काठमाडौं बाहिर पहिलो पटक मकवानपुरमा यो सेवा शुरु भएको हो। यसका लागि आवश्यक उपकरण र पूर्वाधार व्यवस्थापन गरिएको बताइएको छ। शुरुमा दैनिक १५ जनाले मात्रै दर्ता गर्न सकिने र कार्यालयको क्षमताअनुसार विस्तारै यो सेवालाई थप गर्दै जाने योजना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार दर्ता भएको सातदेखि १५ दिनभित्र ई-पासपोर्ट उपलब्ध गराउने छन्। ई-पासपोर्टका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र फारम भरेर दर्ता गर्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। यस कार्यबाट जिल्लाका बासिन्दा उत्साही भएका छन्।

शताब्दी पुरुष सत्यमोहन जोशीलाई परराष्ट्रमन्त्री नारायण खड्काले सरकारले १ मंसीरमा विद्युतिय पासपोर्ट हस्तान्तरण गरेसँग विद्युतीय पासपोर्ट प्रयोगको औपचारिक शुरुआत भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved