ला–लिगामा बार्सिलोना विजयी, सेभियासँग एट्लेटिको पराजित

ला–लिगाअन्तर्गत नै अर्को खेलमा एथलेटिकोलाई सेभियाले २–१ ले हरायो। यससँगै दोस्रो स्थानमा रहेको सेभियाले १७ खेलबाट ३७ अंक बटुल्यो। लिगमा रियलभन्दा सेभिया ५ अंकले पछि छ ।

नेपालभ्युज

ला–लिगामा बार्सिलोना विजयी, सेभियासँग एट्लेटिको पराजित

एजेन्सी। खराब समयबाट गुज्रिरहेको बार्सिलोनाले स्पेनिस ला–लिगामा इल्चेविरुद्ध संघर्षपूर्ण जित दर्ता गरेको छ। बार्साले ३–२ ले खेल जितेको हो। फेरान जुट्ल्गालेले खेलको १६ औं मिनेटमा बार्सालाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटमै गाभीले अग्रता दोब्बर बनाए।

तर, दोस्रो हाफमा एक मिनेटको अन्तरमा इल्चेले लगातार दुई गोल फर्कायो। इल्चेबाट टेटे मोरेन्टेले ६२ र पेरे मिल्लाले ६३ मिनेटमा गोल गरे।

त्यसपछि खेलको ८५ मिनेटमा निको गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए। जितपछि १७ खेलबाट २७ अंक बटुलेको बार्सिलोना सातौं स्थानमा उक्लिएको छ। शीर्ष स्थानको रियल म्याड्रिभन्दा बार्सिलोना १५ अंकले पछि छ।

ला–लिगाअन्तर्गत नै अर्को खेलमा एथलेटिको म्याड्रिडलाई सेभियाले २–१ ले हरायो। यससँगै दोस्रो स्थानमा रहेको सेभियाले १७ खेलबाट ३७ अंक बटुल्यो। लिगमा रियलभन्दा सेभिया ५ अंकले पछि छ।

त्यस्तै, रियल सोसिडाडले भिल्लरियलविरुद्ध ३-१ को जित निकाल्यो। रायो भेलेकानोले अलाभेसलाई २-० ले हरायो। स्प्यानोलविरुद्धको खेलमा सेल्टाभिगो २-० ले विजयी भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved