पाकिस्तानको कराँचीमा बम विस्फोटमा परि १० जनाको ज्यान गयो

पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा शनिबार एउटा दुई तले भवनको भुइँ तल्लामा भएको विस्फोटमा कम्तीमा १० जनाको ज्यान गएको छ ।

नेपालभ्युज

पाकिस्तानको कराँचीमा बम विस्फोटमा परि १० जनाको ज्यान गयो

काठमाडौं। पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा शनिबार एउटा दुई तले भवनको भुइँ तल्लामा भएको विस्फोटमा कम्तीमा १० जनाको ज्यान गएको छ । १२ जना घाइते भएको प्रहरी र अस्पताल स्रोतले बताएको छ।

अहिले अस्पतालको अभिलेखमा १० शव र १२ घाइतेको नाम दर्ता भएको छ भने घटनामा गम्भीर घाइते भएका प्रायजसो घाइतेको अवस्था गम्भीर रहेको शहीद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाका प्रमुख सञ्चालक मुहम्मद साबिर मेमनले जानकारी दिएका छन् ।

एक निजी बैंक र अन्य थुप्रै कार्यालयहरू भएको भवनमा ग्याँस चुहावटका कारण विस्फोट भएको बताइएको छ। विस्फोटमा भवन आंशिक रूपमा ध्वस्त भएको थियो र थुप्रै व्यक्तिहरू भग्नावशेषमा फसेको आशङ्का गरिएको छ। उद्धार टोली फसेका मानिसहरूको खोजीका लागि भग्नावशेष हटाउन प्रयासरत छ।

कराची सिन्धको प्रान्तीय राजधानी हो। सिन्धका मुख्यमन्त्री सैयद मुराद अलि शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आतङ्कवादको सम्भावनालाई ध्यानमा राखेर घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ। थप अनुसन्धानका लागि बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved