पितृको सम्झानामा पशुपति परिसरमा छरियो शतबीज

अघिल्लो साँझ दीपदान गरेर रातभर जाग्राम बस्ने र बालाचतुर्दशीको दिन बिहानै शतबीच छर्ने परम्परा रहेको छ।

नेपालभ्युज

पितृको सम्झानामा पशुपति परिसरमा छरियो शतबीज

काठमाडौं। बालाचतुर्दशी अन्तर्गत दिवंगत पितृको सम्झानामा आज पशुपतिनाथसहितका शिवालय परिसरमा शतबीज छरिएको छ। शुक्रबार बिहानै शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ।

आज शतबीज छर्नेहरुले हिजो बिहीबार साँझ आफ्ना पितृका नाममा दीपदान गरेका थिए। शास्त्रअनुसार अघिल्लो साँझ दीपदान गरेर रातभर जाग्राम बस्ने र बालाचतुर्दशीको बिहानै शतबीच छर्ने परम्परा रहेको छ।

प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन देशभरबाट पशुपतिनाथमा दीपदान गर्न हजारौं भक्तजन आउँछन्। बत्ती बाल्न बस्ने ठाउँ रोक्न हिजो बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको थियो।

पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ। शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved