पूर्वमाओवादीबाट तीन नेताले पाए पदाधिकारी

नेपालभ्युज

पूर्वमाओवादीबाट तीन नेताले पाए पदाधिकारी

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनको बन्द सत्रबाट १९ पदाधिकारी प्रस्ताव गरेका छन्। जसमा पूर्वमाओवादीबाट तीन पदाधिकारी चयन भएका छन्।

चितवनमा  जारी महाधिवेशनमा माओवादी पक्षले कम्तीमा तीन पदाधिकारी माग गरेको थियो। जसमा रामबहादुर थापा बादललाई वरिष्ठ उपाध्यक्ष, टोपबहादुर रायमाझीलाई उपमहासचिव र लेखराज भट्टलाई सचिव बनाउनुपर्ने माग उक्त पक्षको थियो।

जसमध्ये पार्टी अध्यक्ष ओलीले माओवादीबाट तीन पदाधिकारी चयन गरेका छन्। जसमा बादललाई उपाध्यक्ष, रायमाझीलाई सचिव र भट्टलाई सचिवको जिम्मेवारी दिइएको थियो। नेकपा हुँदा बादल सचिवालय सदस्य र बाँकी दुई स्थायी कमिटी सदस्य थिए भने तत्कालीन नेकपा माओवादी केन्द्रमा बादल महासचिव, रायमाझी सचिव र भट्ट स्थायी कमिटी सदस्य मात्रै थिए।

माओवादी पक्षबाट प्रभु साह र मणि थापाले पनि पदाधिकारीमा दाबी पेश गरेकोमा उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved