एमाले स्थायी समिति बैठक शुरु

एमालेको केन्द्रीय कमिटीले ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छान्ने प्रस्तावअनुसार आजको बैठकले प्रतिनिधि बन्नका लागि मापदण्ड तय गर्ने बताइएको छ।

नेपालभ्युज

एमाले स्थायी समिति बैठक शुरु
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समिति बैठक शुरु भएको छ।

सोमबार बस्ने तय भएर पनि स्थगित भएको बैठक अहिले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा शुरु भएको हो।

आजको बैठकमा महाधिवेशन प्रतिनिधि चयनको विषयमा गम्भीर छलफल हुनेछ। आजको बैठकले केन्द्रीय कमिटीले छान्ने महाधिवेशन प्रतिनिधिको टुंगो लगाउनेछ।

एमालेको केन्द्रीय कमिटीले ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छान्ने प्रस्तावअनुसार आजको बैठकले प्रतिनिधि बन्नका लागि मापदण्ड तय गर्ने बताइएको छ।

बैठक हिजो सोमबार बस्ने तय भए पनि अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको भन्दै आजका लागि सारिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved