महाधिवेशन प्रतिनिधि छान्न एमाले स्थायी समिति बैठक बस्दै

सोमबार बस्ने तय भएर पनि स्थगित भएको बैठक आज बस्न लागेको हो।

नेपालभ्युज

महाधिवेशन प्रतिनिधि छान्न एमाले स्थायी समिति बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समिति बैठक बस्दैछ। सोमबार बस्ने तय भएर पनि स्थगित भएको बैठक आज बस्न लागेको हो।

बैठक हिजो सोमबार बस्ने तय भए पनि अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको भन्दै आजका लागि सारिएको थियो।

अहिले बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आजको बैठकमा महाधिवेशन प्रतिनिधि चयनको विषयमा गम्भीर छलफल हुनेछ। आजको बैठकले केन्द्रीय कमिटीले छान्ने महाधिवेशन प्रतिनिधिको टुंगो लगाउनेछ।

एमालेको केन्द्रीय कमिटीले ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छान्ने प्रस्ताव अनुसार आजको बैठकले प्रतिनिधिबारे निर्णय गर्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved