बसले ठक्कर दिँदा पठाओ चालक र यात्रुको मृत्यु

नेपालभ्युज

काठमाडौं। काठमाडौंको कलंकीमा पठाओ स्कुटर दुर्घटना हुँदा चालक र यात्रु दुवैको मृत्यु भएको छ। मंगलबार साँझ कलंकीको सीता पेट्रोल पम्पनजिकै भएको दुर्घटनामा दुवै जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्कर दिएको थियो। मुत्यु हुनेमा स्कुटर चालक धादिङ घर भई अहिले थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षका रामबहादुर आचार्य छन्। यात्रु बाँके घर भई हाल इमाडोल बस्दै आएका ५२ वर्षका यादवकुमार शाह छन्।

कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट कलङ्कीतर्फ आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक र यात्रु घाइते भएका थिए। दुवै जनाको बयाेधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved