किशोरीमाथि जबर्जस्तीकरणी गरेको आरोपमा १८ वर्षीय पक्राउ

नेपालभ्युज

किशोरीमाथि जबर्जस्तीकरणी गरेको आरोपमा १८ वर्षीय पक्राउ
सांकेतिक तस्वीर

सिरहा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बैरिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

किशोरीले आफ्नै खेतमा एक्लै धान काटीरहेको अवस्थामा ती किशोरले जबरजस्ती करणी गर्नुका साथै १ थान मोबाइल, नगद ७ हजार ५ सय रुपैयाँ र ५ तोला बराबरको चाँदीको ब्रास्लेट १ थानसमेत खोसी लगेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved