जबराको पक्षमा आएका युवा पक्राउ, इजलास नबस्न बारले न्यायाधीशलाई पठायो पत्र

नेपालभ्युज

जबराको पक्षमा आएका युवा पक्राउ, इजलास नबस्न बारले न्यायाधीशलाई पठायो पत्र
तस्वीर: गोपेन राई

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नारा लगाउन आएका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै निरन्तर आन्दोलनरत नेपाल बार एशोसिएसनको आन्दोलन बिथोल्न आएका केही युवालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाट नियन्त्रणमा लिएको हो।

No description available.

प्रधानन्यायाधीश जबराको राजीनामा माग गरी आन्दोलनरत बारको प्रदर्शन बिथोल्न सर्वोच्च अगाडि आइतबार पनि केही युवाहरूले प्रदर्शन गरेका थिए। करीब दुई दर्जन मोटरसाइकलमा सर्वोच्च अगाडि राम शाहपथका दुबै लेन ओगटेर र्‍यालीसहित प्रधानन्यायाधीश जबराको पक्षमा युवाहरूले प्रदर्शन गरेका थिए।

No description available.

बारका कानून व्यवसायीहरू निरन्तर आज पनि प्रधानन्यायाधीश जबराको विरुद्धमा धर्ना दिइरहेका छन्। बारले आजदेखि सबै आन्दोलन सर्वोच्च केन्द्रीत गर्ने बताएको छ। यसअघि सर्वोच्च बारका वकिलहरू आन्दोलनरत रहेकोमा उक्त आन्दोलनमा आज उपत्यकाका तीन जिल्ला अदालत बारकासहित उच्च र विशेष अदालत बार एशोसिएसनका वकिलहरू पनि मिसिएका छन्।

No description available.

आइतबारदेखि देशभरका अधिकांश इकाईबाट पनि वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन्।

यस्तै ८ कात्तिकदेखि इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको राजीनामाको ‘एक सुत्रीय माग’बाट हट्ने संकेत देखाएपछि बारले इजलास नबस्न पत्र पठाएको एक न्यायाधीशले बताएका छन्।

औपचारिक घोषणा नगरी सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिष्कार गर्दै आएका थिए। आइतबार पेशी तोक्ने प्रक्रियामा परिवर्तन गरी न्यायाधीशहरूले इजलासमा फर्किने तयारी गरेको सार्वजनिक गरेपछि बारले इजलास नबस्न पत्र पठाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved