अस्वस्थ भएपछि मेडिसिटी पुगे प्रचण्ड

नेपालभ्युज

अस्वस्थ भएपछि मेडिसिटी पुगे प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। स्वास्थ्यमा समस्या देखिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चेकजाँचका लागि मेडिसिटी अस्पताल पुगेका छन्।

उनलाई सामान्य रुघाखोकीसहितको समस्या देखिएको प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि आज दाहालको महोत्तरी जाने कार्यक्रम पनि स्थगित भएको थियो भने सबै राजनीतिक भेटबार्ता बन्द गरिएको छ।

”कर्णालीको यात्रापछि स्वास्थ्यमा सामान्य समस्या देखिएको हो,” प्रमुख स्वकीय सचिव मल्लले भने, ”फलोअपका लागि अस्पताल जानुभएको हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved