सीसी क्यामरा जडान गर्न देउसीभैलो

सीसी क्यामरा जडान गर्न देउसीभैलो
फाइल फोटो

दमौली। रमाइलोका लागि मात्र नभई विभिन्न सामाजिक कार्यका लागि देउसीभैलो खेल्नेक्रम बढेको छ। पछिल्लो समय तिहारमा खेलिने देउसीभैलोलाई विभिन्न संघसंस्थाले सामाजिक कामसँग जोड्न थालेका छन्।

व्यास नगरपालिका–२ अमरसिंह मार्ग टोल विकास संस्थामा आबद्ध स्थानीयवासीवासीले टोलमा सीसी क्यामरा जडानका लागि देउसीभैलो खेलेर रकम संकलन गरेका छन्। ३५ घरधुरी रहेको टोलमा सीसी क्यामरा जडान गर्न आवश्यक रहेकाले देउसीभैलोबाट ६२ हजार १०५ रुपैयाँ संकलन भएको टोलका अध्यक्ष हविव खानले जानकारी दिए।
बजार क्षेत्रमा चोरीलगायत शङ्कास्पद गतिविधि नियन्त्रण गर्न सघाउ पुर्‍याउउने उद्देश्य लिएर आफूहरुले देउसीभैलो खेलेको टोलका सहसचिव विकल्प श्रेष्ठले बताए। टोलवासीको सल्लाह र सुझावले नै आफूहरुले सिसी क्यामेरा जडान गर्न देउसीभैलो खेल्ने निर्णय गरेको उनले जानकारी दिए।

तीन महिनामा एक करोड राजश्व संकलन

जिल्ला प्रशासन कार्यालय तनहुँले तीन महिनाको अवधिमा एक करोड रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्ष ०७८÷७९ को साउनदेखि असोज मसान्तसम्म रु एक करोड २८ लाख ३१ हजार छ सय ३५ राजश्व सङ्कलन गरेको हो। राहदानी शुल्क, संस्था दर्ता, नवीकरण, हातहतियार नवीकरण, न्यायिक दण्ड लगायतबाट कार्यालयले उक्त राजश्व सङ्कलन गरेको हो। कार्यालयले सबैभन्दा बढी राहदानी शुल्कबाट राजश्व संकलन गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार राहदानी शुल्कबाट मात्रै रु एक करोड २२ लाख १५ हजार, संस्था दर्ता÷नवीकरणबाट रु तीन लाख ४३ हजार तीन सय ९५, हातहतियारको इजाजतपत्र दस्तुरबाट रु ३५ हजार दुई सय र न्यायिक दण्ड, जरीवानाबाट रु दुई लाख ३८ हजार ४० राजश्व सङ्कलन भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved