जसपालाई प्रचण्डको प्रस्ताव, ‘पार्टी एकता गरौं’

नेपालभ्युज

जसपालाई प्रचण्डको प्रस्ताव, ‘पार्टी एकता गरौं’
फाइल तस्वीर

सर्लाही। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी (जसपा)लाई पार्टी एकताका लागि प्रस्ताव गरेका छन्।

माओवादीनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र मधेशवादी दलनिकट नेपाल लोकतान्त्रिक शिक्षक महासंघबीचको एकता कार्यक्रममा सहभागी हुन सर्लाही आएका प्रचण्डले जसपासँग पार्टी एकताका लागि प्रस्ताव गरेका हुन्। पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले आफूहरूसँग पार्टी एकता गर्न अनुरोध गरेका हुन्।

‘‘म खासगरी महेन्द्र राय यादव, मेरो मित्र पनि हो उहाँ ढिलो नगरी पार्टी एकता गरौँ भन्छु, त्यसपछि ढुक्कै,” उनले भने,  ‘‘किन एक्लै टुकुरो बनाएर, क्षेत्रीय पार्टी बनाएर बस्ने हामी सबै पार्टी एकता गरौँ।” उपेन्द्र यादव, महेन्द्र यादवले आफूलाई राम्रोसँग चिन्ने बताउँदै पार्टी एकता गर्न उनले अपील गरे।

शिक्षालाई अपमानित गर्ने राज्यको नीतिका कारण नेपाल विकासित हुन नसकेको भन्दै उनले फेरि एउटा नयाँ आन्दोलन चाहिएको बताए। ‘‘शिक्षालाई अपमानित गर्ने राज्यको नीतिले नेपाल विकासित हुन नसकेको हो त्यसैले मैले आजकाल भन्ने गरेको छु फेरि एउटा नयाँ आन्दोलन चाहिएको,” उनले भने, ‘‘तैंले के गरिस् भन्नुहोला, म त गर्दैछु।”

काठमाडौं फर्किएर शिक्षामा सुधारका लागि शिक्षामन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीलाई सँगै राखेर प्रस्ताव गर्ने र गर्न नसकेमा विद्यार्थी संगठनसँगै आन्दोलन गर्ने उनले बताए। एउटा आन्दोलन नगरी व्यवाहारिक रुपले सबै समस्या समाधान नहुने उनले बताए।

मधेस माओवादीमय नभएसम्म मधेशको विकास नहुने र मधेशी जनताको वास्तविक अधिकार प्राप्त पनि नहुने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved