अमेरिकामा कोभिड-१९ ले लियो सात लाख बढीको ज्यान

अमेरिकाकाे दक्षिण क्षेत्रमा संक्रमण दर बढ्दो क्रममा देखिएसँगै यसले स्वास्थ्य व्यवस्थामा नै चुनौती थप्न सक्ने आशंका व्यक्त गर्न थालिएको छ।

नेपालभ्युज

अमेरिकामा कोभिड-१९ ले लियो सात लाख बढीको ज्यान

एजेन्सी। अमेरिकामा कोभिड-१९ का कारण निधन हुने व्यक्तिको संख्या सात लाख नाघेको छ। अमेरिकामा यो आँकडा शुक्रबार पार भएको हो।

अमेरिकामा पछिल्लो हप्ता मात्रै हरेक दिन कोभिड-१९ का कारण निधन हुने व्यक्तिको संख्या न्यूनतम दुई हजार रहेको जनाइएको छ। यो कोभिडका-१९ का कारण अमेरिकामा निधन हुने व्यक्तिको उच्च दरको ६० प्रतिशत भएको तथ्यांकले देखाएको छ।

कोभिड-१९ संक्रमणका कारण विश्वमै धेरै मानिसको निधन भएको देशमा अमेरिका अग्रस्थानमा यथावत छ। विश्वभर हुने संक्रमणको १९ प्रतिशत र निधनको १४ प्रतिशत अमेरिकामा हुने गरेको तथ्यांकले देखाउँछ। विश्वभर नै कोभिड-१९ संक्रमणका कारण निधन हुने व्यक्तिको संख्या करिब ५० लाख छ।

कोभिडको डेल्टा भेरियन्ट अन्य भेरियन्टको तुलनामा बढी संक्रामक देखिएको छ। यो भेरियन्टको उच्च संक्रमण दर मध्य सेप्टेम्बरमा देखिएको थियो। पछिल्लो सात दिनको तथ्यांकलाई हेर्दा यो भेरियन्ट दैनिक ११ लाख ७६ हजार २५ जनामा पाइएको छ।

अमेरिकी संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोभिड-१९ संक्रमणबाट निम्तिएको स्वास्थ्य संकटबाट माथि आउन दैनिक १० हजारमा आसपास संक्रमण दर हुनपर्छ। यद्यपी, हाल देखिएको संक्रमण दर त्योभन्दा धेरै माथि रहेको पाइएको छ।

अमेरिकामा कोभिड-१९ संक्रमणका बिरामी भर्ना हुने राष्ट्रिय स्तरमा अस्पताल पछिल्लो हप्तादेखि घट्दै गएका छन्। तर, देशको दक्षिण क्षेत्रमा संक्रमण दर बढ्दो क्रममा देखिएसँगै यसले स्वास्थ्य व्यवस्थामा नै चुनौती थप्न सक्ने आशंका व्यक्त गर्न थालिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड भ्याक्सिनको बुस्टर लगाएका छन्। अमेरिकीहरुलाई कोभिडको बुस्टर भ्याक्सिन लगाउन आवश्यक रहेको सन्देश दिन राष्ट्रपति बाइडेनले गएको सोमबार बुस्टर भ्याक्सिन लगाएका थिए। अमेरिकामा हालसम्म भ्याक्सिनको पहिलो डोज समेत नलगाउने मानिस लाखौँ रहेको बताइन्छ।

अमेरिका लगायत अन्य देशमा मानिसले भ्याक्सिनको पहिलो डोज समेत नलगाएको अवस्थामा वैज्ञानिक समाज भने बुस्टर भ्याक्सिन लगाउनु पर्ने र नपर्ने भन्दै विभाजित रहेको देखिन्छ। तर, राष्ट्रपति बाइडेनले डेल्टा भेरियन्ट संक्रामक रहेका कारण बुस्टर डोज लगाउनुपर्ने बताएका छन्।

हालसम्म अमेरिकामा ५६ प्रतिशत मानिसले कोभिडको पूर्ण भ्याक्सिन लगाएका छन् भने करीब ६५ प्रतिशतले कम्तिमा एक डोज भ्याक्सिन लगाएको तथ्यांकले देखाउँछ।

न्यूयोर्कका अस्पतालले राज्य सरकारको आदेशविपरीत हालसम्म कोभिडको कुनै भ्याक्सिन नलगाएका कर्मचारीलाई कामबाट निकाल्ने प्रक्रिया थालेको छ। यस्तै ओहायो प्रान्तको एक निजी अस्पतालले आफ्ना कर्मचारीलाई अनिवार्य भ्याक्सिन लगाउनु पर्ने नीति लिएको थियो, जसलाई त्यहाँको संघीय न्यायाधीशले सदर गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved