तालिबान सरकारद्वारा अपहरणकारीको हत्या, सार्वजनिक स्थानमा राख्यो शव

भिडियोमा देखिए अनुसार क्रेनमा झुण्डाइएको शवमा लेखिएको थियो, ‘अपहरणकारीलाई यसैगरी झुण्डाइनेछ।’ 

नेपालभ्युज

तालिबान सरकारद्वारा अपहरणकारीको हत्या, सार्वजनिक स्थानमा राख्यो शव

एजेन्सी। अफगानिस्तानमा तालिबान सरकारले अपहरणकारीलाई गोली हानी हत्या गरेको छ र उनीहरूको शव शहरमा प्रदर्शनमा राखेको छ। तालिबान समूहका एक अधिकारीले मृत्युदण्ड र अंग काट्ने जस्ता क्रूर सजायको चेतावनी दिएको भोलिपल्ट यस्तो घटना बाहिरिएको बीबीसीले जनाएको छ।

चार जनाको समूहले एक व्यापारी र उनका छोरालाई अपहरण गरेपछि उनीहरूको गोली हानी हत्या गरिएको थियो। हत्यापछि एक जनाको शव हेरात शहरमा सार्वजनिक रुपमा झुण्डाइएकोमा तीन जनाको शव विभिन्न शहरमा प्रदर्शन गरिएको स्थानीय पसल वजीर अहमद सिद्दिकीले जनाएको बीबीसीले उल्लेख गरेको छ। सिद्दिकीका अनुसार शव बीच शहरमा क्रेनबाट झुण्डाइएको थियो।

भिडियोमा देखिए अनुसार क्रेनमा झुण्डाइएको शवमा लेखिएको थियो, ‘अपहरणकारीलाई यसैगरी झुण्डाइनेछ।’

हेरातका डेपुटी गभर्नर मौलवाई शायरले अपहरण रोक्न शव प्रदर्शन गरिएको बताए। अपहरणमा परेका व्यापारी र उनका छोराको सकुशल उद्वार गरिएको उनले जनाएका छन्।

१५ अगस्टमा दोस्रोपटक शासन सम्हालेको तालिबानले यसअघिको भन्दा उदार शासनको घोषणा गरेको थियो। यसअघि तालिबानले सन् १९९५ मा इरान र त्यसको एक वर्षपछि अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको थियो। त्यसको तीन वर्षपछि अफगानिस्तानको ९० प्रतिशत भूभाग कब्जा गर्दै शासन सत्ता आफ्नो हातमा लिएको थियो।

बिहीबार मात्रै तालिबानका धार्मिक अतिवादी प्रहरी मुल्ला नुरुद्दिन तुरुबीले अफगानिस्तानको सुरक्षाका लागि मृत्युदण्ड र अंगविच्छेद जस्ता चरम यातना फेरि शुरु गर्ने अभिव्यक्ति दिएका थिए। यसअघि सन् १९९८ देखि २००२ सम्म तालीबानको ५ वर्षे शासनकालमा ईद गाह मस्जिदको मैदानमा मृत्युदण्ड दिने गरिन्थ्यो।

यसअघि अगस्टमा अफगानिस्तानमा ९ हजार अल्पसंख्यक समुदायको हत्या भएको थियो। एमनेस्टी इन्टरनेशनलले उक्त हत्यामा तालिबानको हात रहेको दाबी गरेको थियो। त्यो समयमा उक्त घटनाका विषयमा टिप्पणी गर्दै एमनेस्टी इन्टरनेशनलका महासचिव एग्नेस क्यालामर्डले तालिबानले विगतको क्रूर हत्या सम्झाएको र तालिबानको सरकार बने आउन सक्ने डरलाग्दो संकेतका रुपमा चित्रण गरेका थिए।

(बीबीसीकाे सहयोगमा)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved