कांग्रेस १४ औँ महाधिवेशन

पालिका अधिवेशनमा सहभागीलाई स्वास्थ्य मापदण्ड पालना गर्न देउवाको आग्रह

देउवाले लेखेका छन्, ‘‘जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु।”

नेपालभ्युज

पालिका अधिवेशनमा सहभागीलाई स्वास्थ्य मापदण्ड पालना गर्न देउवाको आग्रह
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि शुरु भएको पालिकास्तरीय अधिवेशनका क्रममा सहभागीलाई स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नका लागि आग्रह गरेका छन्।

सभापति देउवाले सामाजिक सञ्जालमार्फत अधिवेशनमा सहभागीहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेका हुन्।

उनले आजदेखि शुरु भएको नगर र गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागी प्रतिनिधिहरुलाई स्वागत गर्दै शुभकामना पनि दिएका छन्।

प्रतिनिधिहरुले जनताको मन जित्नेगरी अधिवेशनमा सहभागी हुन भन्दै देउवाले प्रभावकारी भूमिकाको अपेक्षासमेत गरेका छन्।

देउवाले लेखेका छन्, ‘‘जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु।”

उनले अहिलेको अधिवेशनले पार्टीप्रतिको विश्वासलाई बढाउने बताएका छन्। प्रतिनिधिहरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने उनले विश्वास लिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved