लेवान्डोस्कीले जिते ‘युरोपियन गोल्डेन बुट’

३३ वर्षीय लेवान्डोस्कीले फुटबलका स्टारहरु लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन्।

नेपालभ्युज

लेवान्डोस्कीले जिते ‘युरोपियन गोल्डेन बुट’

एजेन्सी। पोल्याण्डका फुटबल स्टार रोबर्ट लेवान्डोस्कीले युरोपियन गोल्डेन सुज जितेका छन्। जर्मन जायन्ट बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेलिरहेका फरवार्ड लेवान्डोस्कीले गोल्डेन बुट अवार्ड जितेका हुन्।

लेवान्डोस्कीले गतवर्ष बायर्नका लागि बुन्डेसलिगामा ४१ गोल गरेका थिए। सोही प्रदर्शनका लागि सन् २०२०/२१ को सिजन युरोपियन फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै लेवान्डोस्कीले गोल्डेन बुट अवार्ड जितेका हुन्।

३३ वर्षीय लेवान्डोस्कीले फुटबलका स्टारहरु लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन्। उनकै उत्कृष्ट प्रदर्शनले बायर्न गत सिजन बुन्डेसलिगा च्याम्पियन बनेको थियो।

गत सिजन लेवान्डोस्की बुन्डेसलिगा फुटबलमा एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाएका थिए। जसक्रममा उनले बायर्नका लिजेण्ड खेलाडी गर्ड मुलरले सन् १९७१/७२ को सिजनमा बनाएको ४० गोलको रेकर्ड तोडेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved