नागरिकता अध्यादेशको विरोधमा जनमोर्चा, संसद्‍मा आपत्ति जनाउँदै

नेपालभ्युज

नागरिकता अध्यादेशको विरोधमा जनमोर्चा, संसद्‍मा आपत्ति जनाउँदै
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ गठबन्धनको एक घटक चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नागरिकतासम्बन्धी विधेयकको विपक्षमा उभिने भएको छ। सरकारले आज बुधबार नागरिकतासम्बन्धीसहित १५ वटा विधेयक पेस गर्दै छ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा शेरबहादुर देउवा नेतृत्वको सरकारले आज पेस गर्ने नागरिकतासम्बन्धी अध्यादेशमा जनमोर्चाले विरोध जनाउने भएको हो।

गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै छन्। जसको विरोधमा जनमोर्चाकी सांसद दुर्गा पौडेलले ‘नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।

आजै नेपाल मजुदर किसान पार्टी (नेमकिपा) ले पनि सदनमा पेस गर्न लागेका १५ वटा अध्यादेशमा विरोध जनाउने भएको छ।

तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएका १४ वटा र शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद् अधिवेशन स्थगित गरी ल्याएको राजनीतिक दलसबन्धी अध्यादेशमा नेमकिपाले विरोध जनाउने भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved