श्रीकृष्ण जन्माष्टमी विशेष

कोरोनालाई बेवास्ता गर्दै भक्तजनले मनाए श्रीकृष्ण जन्माष्टमी (फोटो फिचर)

नेपालभ्युज

कोरोनालाई बेवास्ता गर्दै भक्तजनले मनाए श्रीकृष्ण जन्माष्टमी (फोटो फिचर)

काठमाडौं। आज श्रीकृष्ण जन्माष्टमी। प्रत्येक वर्ष भाद्र कृष्ण जन्माष्टमीमा श्रीकृष्णको पूजा आरधना गरी धुमधाम रूपमा मनाइने गरिन्छ।

हिन्दू धर्मशास्त्रअनुसार कृष्णलाई भगवान् विष्णुको आठौँ अवतारको रूपमा मानिन्छ। यसलाई साधारण भाषामा सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती वा जन्माष्टमी पनि भन्ने गरिन्छ।

कृष्ण जन्माष्टमीको दिन घरघरमा वा मन्दिरमा भगवान विष्णुको पूजा आरधना गरी श्रद्धा भक्तिपूव मनाउने गरिन्छ। श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको पाैराणिक ग्रन्थहरूमा उल्लेख छ। यसलाई श्रीकृष्ण जन्माष्टमी र रातको समयलाई ‘मोहरात्री’ पनि भनिन्छ।

काठमाडाैंलगायत देशैभर आज श्रीकृष्णको पूजा आराधना गरिएको छ। ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा सर्वसाधारण तथा भक्तजनहरूको यस वर्ष पनि भीड लागेको छ। गत वर्षझैं कोरोना संक्रमणका कारण मन्दिर सर्वसाधारणका खुला नगरिए पनि त्यहाँ सयाैं संख्यामा मानिसहरूको उपस्थिति थियो।

 

तस्वीहरू : गाेपेन राई/नेपाल भ्यूज ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved