काठमाडौं। डिशहोमका दुई ग्राहकले जनही १ लाख रुपैयाँ जितेका छन्। वैशाख ५ गते र वैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः क्यास आईडी ७१९००८३१०४२ र ०२५६४२५१७०३ भएका ग्राहकहरुले एक–एक लाख रुपैयाँ जित्न सफल भएका हुन्।
१ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महीनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउनेछन्। साथै हरेक हप्ता लक्की ‘ड्र’मार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने डिशहोमले जनाएको छ।
डिशहोमका ग्राहकहरूले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ।
लक्की ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने कम्पनीले जनाएको छ।
Facebook Comment
Comment