दीपेन्द्रले बनाए एनपीएलकै सर्वाधिक छिटो अर्धशतक

नेपालभ्युज

दीपेन्द्रले बनाए एनपीएलकै सर्वाधिक छिटो अर्धशतक
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्समा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका छन् ।

उनले मंगलबार कीर्तपुरस्थित त्रिवि क्रिकेट मैदानमा  विराटनगर किंग्सविरुद्धको जारी खेलमा २३ बलमा नै ५० रन कटाएका हुन् ।

यो जारी एनपीएलको सर्वाधिक छिटो अर्धशतक हो ।

दीपेन्द्र २४ बलमा ५७ रन बनाएर अविजित रहे ।

सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved