एनपीएल विजेता जनकपुर जनकपुरधाममा, मधेसका सबै जिल्लामा विजय र्‍याली निकालिँदै

नेपालभ्युज

एनपीएल विजेता जनकपुर जनकपुरधाममा, मधेसका सबै जिल्लामा विजय र्‍याली निकालिँदै

धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता जनकपुर बोल्ट्स टिम यतिबेला जनकपुरधाममा छ । टोली काठमाडौंबाट बिहीबार साँझ जनकपुरधाम आइपुगेको हो ।

टोली बिहीबार साँझ ८ः४५ मा जनकपुर विमानस्थलमा आइपुगेको थियो । स्वागत गर्न विमानस्थलमा प्रशंसकहरूको भीड लागेको थियो ।

टिमलाई शुक्रबार रजौलस्थित रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सम्मानमा नगरपरिक्रमा गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु)ले जानकारी दिए । जानकी मन्दिरमा ट्रफी प्रदर्शन गरिने पनि कार्यक्रम रहेको उनले बताए ।

जनकपुर बोल्ट्सले मधेश प्रदेशका सबै जिल्लामा विजय र्‍याली गर्दैछ । विजयउत्सवको सुरुवात र अन्त्य जनकपुरधामबाटै गरिने छ ।

टोलीका प्रबन्ध निर्देशक निरज खतिवडाले मधेशका आठवटै जिल्लामा विजयउत्सव मनाइने जानकारी दिए ।

प्रबन्ध निर्देशक खतिवडाले शुक्रबार पहिलो दिन जनकपुरधामको जानकी मन्दिर, शनिबार दोस्रो दिन महोत्तरीको जलेश्वर, सर्लाही र रौतहटमा र्‍याली निकालिने छ ।

यस्तै आइतबार तेस्रो दिन बारा र पर्साको वीरगञ्ज र सोमबार चौथो दिन सिरहा र सप्तरीको राजविराजमा ट्रफी प्रदर्शन गरिने जानकारी उनले दिए ।

गत शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपीएलको उपाधि जितेको थियो ।

एनपीएल च्याम्पियन जनकपुरले ४ दिन ‘ट्रफी परेड’ आयोजना गर्दै


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved