सिरहा पुग्यो एनपीएल विजेता जनकपुरको टोली, र्‍यालीमा हजारौँ सहभागी

नेपालभ्युज

सिरहा पुग्यो एनपीएल विजेता जनकपुरको टोली, र्‍यालीमा हजारौँ सहभागी

सिरहा । नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सोमबार सिरहामा स्वागत गरिएको छ । जिल्ला क्रिकेट सङ्घ सिरहा र सिरहा नगरपालिकाको संयुक्त आयोजनमा खेलाडीलाई स्वागत गरिएको हो ।

सिरहा सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाइएको थियो । खेलाडी सहभागी रहेको र्‍यालीमा हजारौँ समर्थक सहभागी थिए । खेलाडी र व्यवस्थापन पक्षलाई बाजागाजासहित स्वागत गर्दै ट्रफी परेड गरिएको थियो ।

कप्तान अनिल साहको नेतृत्वको टोलीलाई सिरहा नगरपालिकाको सीमा पदमपुरमा जिल्ला क्रिकेट सङ्घका अध्यक्षसमेत रहनुभएका मधेस प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सुनिल महासेठ नेतृत्वको टोलीले स्वागत गरेको थियो । त्यसपछि चोकचोकमा स्थानीयले टोलीको विजयमा हर्षबढाइँ गरेका थिए ।

उपाधिसहित मधेस प्रदेशका आठवटै जिल्लामा पुग्ने पूर्वघोषित कार्यक्रमअनुसार विजयी टोली सिरहा पुगेको हो । आइतबार रौतहटमा खेलाडीलाई सम्मान गरिएको थियो । एनपीएल ट्रफी मधेसको प्रतिनिधित्व गरेको जनकपुरले जितेपछि त्यसबाट यहाँका खेलाडीलाई प्ररेणा मिलेको सिरहा जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महासेठले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved