एलओडीमा जनकपुरको ‘भिक्ट्री सेलिब्रेसन’, विदेशी खेलाडीले फहराए नेपाली झण्डा (फोटोफिचर)

नेपालभ्युज

एलओडीमा जनकपुरको ‘भिक्ट्री सेलिब्रेसन’, विदेशी खेलाडीले फहराए नेपाली झण्डा (फोटोफिचर)

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोली जनकपुर बोल्ट्सले ठमेलस्थित एलओडी नाइट क्लबमा आइतबार राति ‘भिक्ट्री सेलिब्रेसन’ गरेको छ ।

जनकपुरका खेलाडी, प्रशिक्षक, पदाधिकारी र एनपीएलका कमेन्टेटरसम्मले सर्वसाधारणसँग मिलेर जितको खुसीयाली मनाएका थिए । सो क्रममा नेपालीसँगै विभिन्न भाषाका गीत बजाइएको थियो ।

विदेशी खेलाडीले चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएका थिए । फहराउनेमा न्यजील्यान्डका जिमी निसम, श्रीलंकन मूलमा अमेरिकन खेलाडी लाहिरू मिलान्थालगायत थिए । जसले दर्शकलाई रौनक थपेको थियो ।

सो अवसरमा लाइभ गीत पनि प्रस्तुत गरिएको थियो ।

गत शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले उपाधि जितेको थियो ।

‘भिक्ट्री सेलिब्रेसन’ हेरौं तस्वीरहरूमा :

एनपीएलमा कुन खेलाडीले के अवार्ड जिते ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved