कास्की जिप्रकामा अत्यावश्यक बाहेकका सेवा स्थगित

सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्यरूपमा कोरोना विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ।

नेपालभ्युज

कास्की जिप्रकामा अत्यावश्यक बाहेकका सेवा स्थगित

पोखरा। जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यकबाहेकका अन्य सेवा हाललाई बन्द गरेको छ।

कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार भोलि (मंगलबार)देखि शान्ति सुरक्षाका, मुद्धा व्यवस्थापन, विपद व्यवस्थापन अत्यावस्यक सेवा बाहेकका अन्य सबै सेवा स्थगन गरिएको छ।

पछिल्लो समय जिल्लामा संक्रमण बढेको छ। पछिल्लो सयम सरकारी कार्यालयमा अत्यावश्यकभन्दा सामान्य काममा भीडभाड बढेको थियो।

सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्यरूपमा कोरोना विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved