फ्ल्सब्याकमा यतिको जहाज दुर्घटना : घटनाको वर्षदिन पुरा, पालना हुँदैनन् जाँच आयोगको सुझाव

हवाई दुर्घटनापछि कारण पहिचान सहित त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझाव दिन आयोग र समिति गठन गरिन्छ । तर, छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा दुर्घटना दोहोरिइरहेको विज्ञको भनाइ छ ।

फ्ल्सब्याकमा यतिको जहाज दुर्घटना : घटनाको वर्षदिन पुरा, पालना हुँदैनन् जाँच आयोगको सुझाव

काठमाडौ । ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित पोखराका लागि यती एयरको ९ एन–एएनसी एटीआर–७२ जहाज बिहान १०ः३२ बजे काठमाडौंबाट उड्छ ।

उडानमा हुन्छन्, बायाँ सिटमा कोपाइलट अन्जु खतिवडा र दायाँ सीटमा क्याप्टेन तथा प्रशिक्षक पाइलट (क्याप्टेन) कमल केसी । अन्जु बसेको ककपिटको बायाँ सिट क्याप्टेन बस्ने सिट हो । प्रशिक्षक पाइलट कमल केसी कोपाइलटका लागि तोकिएको दायाँ सिटमा बसेका थिए । अर्थात् उनीहरू एकअर्काेको सिट साटेर बसेका थिए ।

अन्जुले ‘पाइलट फ्लाइङ’ अर्थात् जहाज उडाइरहेकी थिइन् । प्रशिक्षक पाइलट कमल केसीले उडानको निगरानी अर्थात्, ‘पाइलट मोनिटरिङ’ गरिरहेका थिए ।

कमल केसी, अन्जुलाई पोखराको नयाँ विमानस्थल (केही साताअघि मात्रै सञ्चालनमा आएको)को पश्चिमी बिन्दु (रनवे १२) बाट विमान अवतरण गराउन सिकाइरहेका थिए । उडानको क्रममा काठमाडौं विमानस्थलमा टेकअफ (उडान) सहज थियो ।

आकाशको बाटो (क्रुज) पनि सामान्य थियो । अवतरण (डिसेन्ट) प्रक्रिया सामान्य नै थिए । बीचमा बादल, वर्षा र हावाहुरी केही थिएन । आकाश सफाचट थियो ।

बाधा–अवरोध केही थिएन । पोखरामा अवतरण गर्ने समय १०ः५८ बजे थियो । त्यसको केही मिनेटअघि जहाज पोखरा पुग्यो ।

०००

काठमाडौंबाट उडेको १९ मिनेटमा १० बजेर ५१ मिनेटमा जहाज पोखराभित्र पसिसकेको थियो । एटीसीले जहाज देखिसकेका थिए । जहाज समुद्री सतह ६ हजार ५ सय फिट उचाइबाट क्रमश झर्दै थियो ।

विमानस्थलबाट जहाज ८ किलोमिटर पर थियो । जहाजले लिएको उचाइ क्रमशः घट्दै थियो । स्पिड पनि कम भइसकेको थियो । ल्यान्ड हुन केही मिनेट मात्र बाँकी थियो ।

त्यो बेलामा पोखरा विमानस्थलसँग पाटलको पहिलो सम्पर्क भयो । एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले जहाजलाई लेखनाथतर्फ रहेको पूर्वको प्रवेश बिन्दु (रनवे ३०) बाट अवतरणका लागि निर्देश दियो ।

दुर्घटना हुनुअघि विमान उड्दाउड्दै फेसबुक लाइभ गर्ने यी व्यक्ति को हुन् ?

तर, विमानमा रहेका पाइलटले भने फेवातालतर्फबाट पस्ने पश्चिमी ‘रनवे १२’ बाट अवतरण अनुमति दिनका लागि अनुरोध गरे । पाइलटले मागेकै पश्चिमी रनवेबाट विमान ल्यान्ड गर्न एटीसीले अनुमति दिए ।

०००

जहाज पोखरा छिरेको ५ मिनेटपछि १०ः५६ मिनेट २७ सेकेन्डमा पाइलटले अवतरणका लागि गति घटाउन जहाजको पखेटाका फ्ल्यापलाई १५ डिग्रीमा झार्छन् । ल्यान्डिङ गियर (पाङ्ग्रा) अघि नै झरिसकेको हुन्छ ।

जहाज ७ सय २१ फिट उचाइमा झरिसकेको थियो । १०ः५६ मिनेट ३२ सेकेन्डमा जहाज अवतरण गराउने तरखर हुन्छ । पाइलटले विमानस्थलमा पहिलो फन्को लगाउनेक्रममा जहाजको पावर असामान्य गतिमा घट्छ ।

पावर नभएपछि जेनेरेटरलाई इंगित गर्दै ‘सिंगल मास्टर’ संकेतमार्फत दुवै पाइलटलाई सावधान गराएको संकेत बत्ति बल्दै आवाज आउँछ । यो सीभीआरमा सुनिएको छ । जहाज ५ सय फिट उचाइमा झरिसकेको हुन्छ ।

विमान दुर्घटनामा देखियो मोबाइलसँगै हराएको मानवीय संवेदना

१०ः५७ मिनेट ७ सेकेन्डमा पोखराका एटीसीले जहाजलाई अवतरणका लागि अनुमति दिन्छन् । तर, पाइलटले एटीसीलाई कुनै जवाफ दिँदैनन् । सायद उनीहरू शून्य भएको पावर व्यवस्थापनमै जुटिरहेका थिए । अन्जुले ‘इन्जिनबाट पावर नै आएन’ भनिरहन्छिन्, त्यो पनि पटक पटक ।

त्यतिबेला जहाज जमिन सतहभन्दा ३ सय ६८ फिट माथि झरिसकेको थियो । जहाजले अन्तिम फन्को लिने क्रममा थियो । जति गर्दा पनि जहाजमा पावर नआएपछि अञ्जुले जहाजको कमान्ड क्याप्टेन कमल केसीलाई हस्तान्तरण गर्छिन् । ककपिटमा थर्रर कम्पन आउँछ । क्याप्टेन केसी जहाजको नोज (अगाडिको भाग) उठाउन खोज्छन् ।

जहाज फेरि थर्रर हल्लिन्छ । सीभीआर रेकर्ड अनुसार १०ः५७ मिनेट ३२ सेकेन्डमा जहाज ड्याम्मै ठोक्किएको आवाज सुनिन्छ । त्यसको तीन सेकेन्डपछि जहाजको सीभीआर र एफडीआर दुवै उपकरण डाटा र अडियो रेकर्ड ठप्प हुन्छ ।

पोखरामा ठुलो आवाज सुनिन्छ । जहाज सेती नदीको खोंचमा खसिसकेको रहेछ । धूवाँको मुस्लो निस्कियो । जहाँ यात्रु र चालक दलका सदस्यगरी ७२ जनाको ज्यान गयो । घटनास्थलमा केहीको जीवित उद्धार गरिए पनि बाँच्न सकेनन्

यो अघिल्लो साल २०७९ माघ १ मा पोखरामा भएको आन्तरिकतर्फ अहिलेसम्मकै भयानक र पहिलो एटीआर जहाज दुर्घटना हो । दुर्घटनाले मुलुक शोकमा डुब्यो । अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण भयो ।

को–पाइलट अन्जु : जसले १६ वर्षअघि विमान दुर्घटनामै पाइलट पति गुमाएकी थिइन्

०००

सो दुर्घटनाबारे जाँच आयोगले झन्डै एकवर्ष लगाएर प्रतिवेदन निकालेको छ । दुर्घटनामा चालक दलको कमजोरी रहेको आयोगको निष्कर्ष छ । जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित दुर्घटना जाँच आयोगले ११ पुसमा आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ ।

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले करिब नौ महिनामा तयार पारेको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ ।

दुर्घटनामा परेको विमानका क्याप्टेन कमल केसीसँग थियो ३२ वर्षे उडान अनुभव

पालना हुँदैनन् जाँच आयोगको सुझाव

हवाई दुर्घटनापछि कारण पहिचान सहित त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझाव दिन आयोग र समिति गठन गरिन्छ । तर, छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा दुर्घटना दोहोरिइरहेको विज्ञको भनाइ छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) को पूर्वमहानिर्देशक राजकुमार क्षेत्री भन्छन्, ‘‘सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक–पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिस गर्ने गरेको छ । तर, प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ ।’’

आफ्नो पालामा तुलनात्मक रुपमा कडाइका साथ पालना गर्ने वातावरण बनाएको र त्यो अवधिमा हवाई क्षेत्रमा धेरै सुधारका काम भएको उनी दाबी गर्छन् । यद्यपि जति सुधार हुनुपर्ने नभएको क्षेत्री स्वीकार गर्छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजीकरण गर्दै आएको छ । समस्या न्यून हुनुको साटो बढ्दै गएको पाइन्छ ।

सम्बन्धित समाचार –

विमान दुर्घटनाको कमजोरी ढाकछोप गर्न उड्डयन प्राधिकरणको झुट

यती दुर्घटना अपडेट: विमानमा समस्या आएको पाइलटले जानकारी गराएका थिएनन्

‘विमान थोत्रो’ भएकै कारण दुर्घटना भएको हो त ? के भन्छन् विज्ञ ?

रन-वेबाट किन बारम्बार चिप्लिरहन्छ जहाज ?

थोत्रा विमान सञ्चालकलाई कारबाही गर्न सरकारलाई कसले रोक्यो ? : सीके राउत


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved