‘विमान थोत्रो’ भएकै कारण दुर्घटना भएको हो त ? के भन्छन् विज्ञ ?

दुर्घटनाको समयमा मौसम सफा थियो। सोही विमानस्थलमै केही घण्टाअगाडि सोही विमान सोही ‘क्रू’ मेम्बरले अवतरण र उडान गरेका थिए। यसकारण दुर्घटनाको कारक ‘पुरानो जहाज भएकैले दुर्घटना भएको’ भन्ने धेरैको अनुमान छ। के यो अनुमान सही हो त?

‘विमान थोत्रो’ भएकै कारण दुर्घटना भएको हो त ? के भन्छन् विज्ञ ?

काठमाडौं। पोखराको नयाँगाउँस्थित सेती नदीको खोचमा आइतबार बिहान दुर्घटना भएपछि ठूलो मानवीय क्षति भयो। ६८ जनाको शव भेटिएको र ४ जना हराइरहेका सो दुर्घटना आन्तरिकतर्फ अहिलेसम्मकै ठूलो दुर्घटना हो।

घटनाले नेपालीहरू शोकमग्न र भयभित छन्। ठूलो मानवीय क्षतिको आक्रोशमा कतिपयले पुरानो विमानलाई दुर्घटनाको कारण पहिल्याएका छन्। सामाजिक सञ्जालमा ‘थोत्रा विमान भएकाले दुर्घटना भएको’ भन्दै टिप्पणी गरिरहेका देख्न सकिन्छ।

दुर्घटनाको समयमा पोखरामा मौसम सफा थियो। सोही विमानस्थलमै केही घण्टाअगाडि सोही विमान सोही ‘क्रु’ मेम्बरले अवतरण र उडान गरेका थिए। यसकारण दुर्घटनाको कारक अघिल्ला दुर्घटनाहरू जस्तो मौसम नभएको जानकारहरू बताउँछन्। ‘विमान पुरानो भएकाले दुर्घटना भएको’ भन्ने सामाजिक सञ्जालमा आएका अनुमान सही हुन् या गलत भन्ने पनि त्यो पनि अनुसन्धान पछि थाहा हुनेछ।

दुर्घटनामा परेको विमानका क्याप्टेन कमल केसीसँग थियो ३२ वर्षे उडान अनुभव

सरकारले घटनाको अनुसन्धानको लागि ‘विमान दुर्घटना जाँच आयोग’ले बनाएको छ। गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम गठित सो दुर्घटना जाँच आयोगले सोमबारबाटै काम थालेको हो। ४५ दिनको समय दिइएको सो आयोगले छानबिन गरेर प्रतिवेदन सरकारलाई बुझाउनेछ।

तथा उड्डयन विज्ञसमेत रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वअध्यक्ष राजकुमार क्षेत्री भने जहाज टर्न गर्दा उचाइ र हावाको चापको सन्तुलन नमिलेकाले दुर्घटना भएको हुनसक्ने अनुमान गर्छन्।

उनी भन्छन् ‘‘मेरो ३४ वर्षको अनुभव र दुर्घटना हुनुअघि तलबाट खिचिएको ९ सेकेन्डको भिडिओ क्लिप हेर्दा जहाज टर्न गर्दा स्पिड कम भएर जहाज लो हाइटमा भएर हाइट बढाउन नसकेर दुर्घटना भएको हो कि, जस्तो पनि मलाई लाग्यो। यो मेरो अनुमान मात्र हो। यो नहुनपछि सक्छ।’’

को–पाइलट अन्जु: जसले १६ वर्षअघि विमान दुर्घटनामै पाइलट पति गुमाएकी थिइन्

एटीसीले भनेभन्दा फरक रनवेमा किन जाँदै थियो विमान ?

क्याप्टेन कमल केसी नेतृत्वको चालक दलले उडाएको जहाज १०ः५० बजे अन्तिम पटक पोखरा टावरसँग सम्पर्कमा आएको थियो। एयर ट्राफिक कन्ट्रोलरले रनवे ३० मा ल्यान्ड गर्न आग्रह गरेका थिए । तर, केसीले अर्को रनवे मागेका थिए। तर, क्याप्टेन केसीले अर्को रनवे मागेको थिए। सेती खोंचबाट सम्पर्कमा आएको एक मिनेटभित्रै दुर्घटना भयो। यसमा मानवीय त्रुटि नभई प्राविधिक त्रुटि हुनसक्ने क्षेत्री बताउँछन्।

‘‘१० देखि १५ सेकेन्डमा जहाज ल्यान्ड गर्नेवाला थियो। क्याप्टेनले आफू ल्यान्डको लागि तयार छु पनि भनिसक्नुभएको थियो। एटीसीले ‘क्लियर टु ल्यान्ड’ भनेर ल्यान्ड अनुमति दिइसकेको थियो। एयरपोर्टमा टु वे हुन्छ। एटीसीले एकापट्टिबाट ल्यान्ड गर्नुस् भन्यो। तर, हावा बढी भएकाले अलि अनकम्फरटेबल भएर म अर्को पट्टीबाट ल्यान्ड गर्छु भन्न सक्नुहुन्छ। तर, हिजोको केशमा के थियो पछि अनुसन्धानपछि थाहा होला’’ उनी भन्छन्।

यती दुर्घटना अपडेट: यी हुन् विमानमा सवार यात्रु (सूची)

के जहाज थोत्रो भएकैले दुर्घटना भएको हो ?

नेपालमा १५ वर्षभन्दा पुरानो रेजिस्टर भएको विमान ल्याउन नपाइने कानुन बनेको र विमान पुरानो नहुने बरु हरेक पाटपुर्जाको लाइफ टाइम हुने पूर्वअध्यक्ष क्षेत्री बताउँछन्।

‘‘मैले बुझेसम्म जहाज पुरानो हुँदैन। किन हुँदैन भने हरेक पार्टहरूको एक पिरियड हुन्छ। कसैको घण्टामा हुन्छ, कसैको वर्षमा हुन्छ। मानौँ दुई वर्षमा चेन्ज गर्नुपर्ने सामान छ भने जति घण्टा चले पनि दुई वर्षमा चेन्ज गर्नैपर्छ। ५०० घण्टा भनिएको छ भने जति नै वर्ष भए पनि त्यही घण्टा पुगेको छैन भने चेन्ज नगरे पनि हुनसक्छ। इन्जिनदेखि ककपिटमा भएको मेसिनरीसम्म सबै फेर्न सकिन्छ। त्यो फेरिसकेपछि पनि कुनै निश्चित समयमा जहाजलाई परिवर्तन गरिन्छ। अब हिजो दुर्घटना भइसकेको जहाज बनेको साडे १५ वर्ष भयो। अहिलै पुरानो भइसकेको अवस्था होइन। नयाँ जहाज पनि नेपालमा धेरै दुर्घटना भइरहेका छन्’’ क्षेत्री भन्छन्।

उनले उडान भरिसकेपछि सबै अधिकार पाइलटको हातमा हुने भएकोले समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा प्राविधिक कुरा नरहेको बताए।

दुर्घटनाग्रस्त विमानमा ट्रमा सेन्टरका डा. सुशील श्रेष्ठ दम्पती र १० महिने बच्चा पनि सवार

नेपाली आकाश असुरक्षित छैन

दुर्घटना भइरहने गरे पनि नेपाली आकाश असुरक्षित भने नभएको क्षेत्रीको तर्क छ। ८ महिनाअघि पनि एउटा जहाज खसेको थियो। त्यो मौसमका कारणले भएको थियो।

हाम्रो जस्तो भौगोलिक बनावट भएको, पहाडले घेरिएको मुलुक, हरेक २० नटिकलमाइलमा मौसमको अवस्था भिन्नै भएको ठाउँमा, दुर्गममा भएका विमानस्थलहरू भएकोले केही दुर्घटना अरू देशमा भन्दा बढी देखिएको उनको तर्क छ।यद्यपि, विगतभन्दा अहिले दुर्घटना धेरै कम भएको क्षत्री बताउँछन्।

‘‘अहिले प्रतिदिन २७० देखि २७५ उडान काठमाडौंबाट हुँदै आएको छ। दुर्भाग्य एउटा घटना भयो। हुन त एउटा घटना पनि हुने थिएन। यो घटना भयो भन्दैमा हाम्रो आकाश असुरक्षित भन्न मिल्दैन। मेरो करिब ३३ वर्षको अनुभव र विश्वको अरू मुलुकको अध्ययन गर्दा हाम्रो जस्तो भौगोलिक बनावट भएको मुलुक अन्त छैन। हाम्रो जस्तो भौगोलिक बनावट भएको, पहाडले घेरिएको मुलुक, हरेक २० नटिकलमाइलमा मौसमको अवस्था भिन्नै भएको ठाउँमा, दुर्गममा भएका विमानस्थलहरू भएकोले केही दुर्घटना अरू देशमा भन्दा बढी देखिएको हो। यद्यपि, विगतभन्दा अहिले दुर्घटना धेरै कम भएर गएको छ।’’

विमान दुर्घटना जाँच आयोगले सुरु गर्‍यो छानबिन

छानबिन आयोगको प्रतिवेदन पालना किन हुँदैन ?

उड्डयन विज्ञ श्रेत्रीले छानबिन समितिले दिएको प्रतिवेदन पाइलट, विमानस्थल, सिभिल एभेसनलगायत सरोकारवाला सबै निकायहरूले पालना गर्नुपर्ने बताउँछन्।

पूर्व अध्यक्ष क्षेत्रीले पछिल्लो समय अध्ययन समितिले पूरा अध्ययन गरेर मात्रै प्रतिवेदन दिने गरेको र अब सबै समसामयिक कुरालाई ध्यानमा राखेर काम अघि बढाउन आवश्यक रहेको बताउँछन्।

‘‘दुर्घटना जहाँकहीँ हुन्छ, तर के कारणले भयो? मानवीय वा प्राविधिक त्रुटि के हो ? के हो त्यो कुरालाई हामीले राम्रोसँग छानबिन समिति गठन भएको छ। उहाँहरूले राम्रोसँग केलाएर दिनुपर्छ। त्यो कुरालाई नियामक निकाय एयरलाइन्स, सिभिल एभेसनले सबैले लागू गर्नुपर्छ। फ्लाइट डाटा रेकर्डर हुन्छ। त्यहाँ विमानको सबै गतिविधि कुरा थाहा हुन्छ। त्यो आधारमा छानबिन गरेर छानबिन आयोगले ठोस रिर्पाेट दिन्छ। कहाँ कमजोरी भयो, त्यसो सुधार गर्दै जानुपर्छ’’ क्षेत्रीले भने।

सम्बन्धित सामग्री

बुद्धको जहाजमा के भएको हो ? किन दोहोरिइरहन्छ ?

बुद्ध एयरको ‘अमानवीय हर्कत’ स् जलेकी महिलालाई ५ घण्टा कुरायो, तर जहाजमा लैजान मानेन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved