विमान दुर्घटना जाँच आयोगले सुरु गर्‍यो छानबिन

विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ। ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ। ‘ब्ल्याक बक्स’ पाएलगतै दुर्घटना जाँच आयोगले काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले बताए।

नेपालभ्युज

विमान दुर्घटना जाँच आयोगले सुरु गर्‍यो छानबिन

काठमाडौं। पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न बनाइएको ‘विमान दुर्घटना जाँच आयोग’ले काम थालेको छ। गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोगले सोमबारबाटै काम थालेको हो।

विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ। ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ। ‘ब्ल्याक बक्स’ पाएलगतै दुर्घटना जाँच आयोगले काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले बताए।

आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ। आयोगले दुर्घटनाका कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छन्। सरकारले आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो।

आयोगको सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इन्जिनियर एकराजजङ्ग थापा छन्। आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछाने छन्।

आइतबार पोखरा विमानस्थलनजिकै आइतबार भएको विमान दुर्घटनामा कम्तीमा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved