दुर्घटनाग्रस्त विमानमा ट्रमा सेन्टरका डा. सुशील श्रेष्ठ दम्पती र १० महिने बच्चा पनि सवार

पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा दुई जना चिकित्सक पनि सवार रहेको पाइएको छ। उनीहरूको साथमा सानो बच्चा समेत रहेको बताइएको छ। उनीहरू राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३३ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारक रहेको ट्रमा सेन्टरमा पूर्वनिर्देशक डा. सन्तोष पौडेलले पुष्टि गरेका छन्।

नेपालभ्युज

दुर्घटनाग्रस्त विमानमा ट्रमा सेन्टरका डा. सुशील श्रेष्ठ दम्पती र १० महिने बच्चा पनि सवार

काठमाडौं। पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा दुई जना चिकित्सक पनि सवार रहेको पाइएको छ। उनीहरूको साथमा सानो बच्चा समेत रहेको बताइएको छ।

उनीहरू राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३३ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारक रहेको ट्रमा सेन्टरमा पूर्वनिर्देशक डा. सन्तोष पौडेलले पुष्टि गरेका छन्।

उनीहरूसँगै १० महिनाको बच्चा पनि रहेको बताइएको छ। दुर्घटनापछि उनीहरूको अवस्थाबारे खुल्न सकेको छैन।

आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दुर्घटना भएको हो। विमानमा ६८ यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved