काठमाडौं । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक तत्कालै बन्द गर्ने निर्णय गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ । थापाले पनि लेखेका छन्— टिकटक बन्द गर्ने सरकारको निर्णय गलत, प्रतिगामी र सर्वसत्तावादी सोचको उपज हो । यो आपत्तिजनक निर्णय तत्काल फिर्ता गरियोस् ।
उनले थपेका छन्, “टिकटकले सूचना र ज्ञानको सम्प्रेषणका साथै जनसाधारणको असीमित लुकेको प्रतिभा प्रस्तुत गर्ने अवसर दिएको छ । दुरुपयोग नियमन गरिनुपर्दछ प्रविधि बन्द गर्नु हुँदैन ।”
यसको सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले पनि विरोध गरेका छन् ।
Facebook Comment
Comment