एजेन्सी । बलिउड फिल्ममा अमरीश पुरी, प्रेम चोपडा, शक्ति कपूर जस्ता अभिनेता आफ्नो खलनायकको रोलमा एकदमै चर्चित छन् ।
तर हिन्दी फिल्म उद्योगमा एक जना यस्ता कलाकार छन् जसले पाँच सय भन्दा धेरै फिल्म खेलिसकेका छन् । ति मध्ये तीन सय भन्दा धेरै फिल्ममा उनलाई बलात्कार गरेको देखाइएको छ । जसले गर्दा युवती तथा महिलाका बीच उनको छवि खराब भएको छ ।
उनी हुन् अभिनेता रन्जीत । मिडिया रिपोर्टकाअनुसार रन्जीतले आफ्नो करिअरमा ३ सय भन्दा बढी फिल्ममा बलात्कारको अभिनय गर्नु परेको थियो ।
खलनायकको रुपमा रन्जीत यति चर्चित थिए कि महिलाले उनलाई साँच्चै नराम्रो मान्छे ठान्न थालिसकेका थिए ।
यसैबीच उनी एकपटक परिवारसँग आफ्नै फिल्म हेर्न गएका थिए । उक्त फिल्ममा उनले बलात्कार गरेको सीन थियो । यो फिल्म हेरेपछि घरमा तहल्का नै मच्चियो ।
रन्जीतका अनुसार आमाले उनलाई घरबाटै निकालिदिएकी थिइन् । रन्जीतकी आमाले भनेकी थिइन, “केटीहरुलाई जिस्काउने, उनीहरुको कपडा च्यातिदिने, बलात्कार गर्ने के यही हो तेरो काम ? निस्क मेरो घरबाट ।”
रन्जीतलाई यो साँच्चै होइन अभिनय गरेको मात्र हो भनेर घरका सदस्यलाई फकाउन धेरै समय लागेको थियो ।
Facebook Comment
Comment