काठमाडौं । लेखक तथा पत्रकार प्रकाश गुरागाईंको गैरआख्यान कृति ‘जङ्क्सन पिपलबोट’ सार्वजनिक भएको छ ।
‘जङ्क्सन पिपलबोट’ शनिवार बानेश्वरस्थित मण्डला थिएटरमा सार्वजनिक भएको हो । कृति कविद्वय पुरुषोत्तम सुवेदी र लक्ष्मी माली तथा मानवशास्त्री सुरेश ढकालले लोकार्पण गरेका हुन् ।
लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै टिप्पणीकारहरूले ‘जङ्क्सन पिपलबोट’ ले नयाँ सडकको महत्त्वपूर्ण इतिहासलाई दस्तावेजीकरण गरेको बताए । उनीहरूले कृति पढेपछि नयाँ जानकारी भएकोसमेत बताए ।
लेखक गुरागाईंले आफूले ४ वर्षमा कृति तयार पारेको स्मरण गर्दै टिप्पणीकारहरूले औंल्याएको कमीकमजोरीलाई सच्याउँदै लाने प्रतिबद्धता जनाए ।
फिनिक्स बुक्ले बजारमा ल्याएको ‘जङ्क्सन पिपलबोट’मा ३१६ पृष्ठ छन्, जहाँ १६ शीर्षकमा छुट्टाछुट्टै आलेख समावेश गरिएका छन् । मूल्य भने ४५० रुपैयाँ तोकिएको छ ।
यसअघि गुरागाईंले कविता सङ्ग्रह ‘खुट्टामा श्रीपेच’ पाठकसामु ल्याइसकेका छन् ।
Facebook Comment
Comment