बाजुरामा कांग्रेसका बद्री पाण्डे ११ सय भन्दा धेरै मतले अघि

बाजुरामा कांग्रेसका बद्री पाण्डे ११ सय भन्दा धेरै मतले अघि

बाजुरा । बाजुरामा प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको मतगणना भइरहेको छ । त्यहाँ नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन् । कांग्रेसका पाण्डेले ५६ सय ६ मत ल्याएका छन् भने एमालेका कर्ण थापाले ३९ सय ९४ मत ल्याएका छन् ।

थापा ११ सय १२ मतले पछि परेका छन् ।  प्रदेशसभामा पनि गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाही अगाडि छन् । शाहीले २१ सय ६ मत ल्याएका छन् भने एमालेका बलदेव रेग्मीले ९ सय ५५ र माओवादीका कर्णबहादुर विकले २ सय ४४ मत ल्याएका छन् ।

विवादका कारण रोकिएको मतगणना बिहीबार अपरान्हदेखि सुरु भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved