धनुषा ४ : अग्रता कायम राख्दै रघुवीर, पछ्याउँदै महेन्द्र

धनुषा ४ : अग्रता कायम राख्दै रघुवीर, पछ्याउँदै महेन्द्र

धनुषा । धनुषा ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले अग्रता लिएका छन् । उनले १ हजार ७३ मत प्राप्त गर्दा उनलाई पछ्याउँदै गरेका नेपाली कांग्रेसका महेन्द्र यादवले ८ सय ७९ मा मत प्राप्त गरेका छन् ।

यो आँकडाअनुसार महासेठ यादव भन्दा १ सय ९४ मतले अगाडि छन् ।

यस्तै स्वतन्त्र कैची छापका उम्मेदवार कृष्ण महतोको पक्षमा १सय३९ मत छ भने जसपाका उम्मेदवार महाजन यादवले ७५ मत बटुलेका छन् ।

अहिलेसम्म धनुषा ४ को पहिलोपटक जनकपुर १३ नं. वडाको मतपेटिकाको गणना मात्र सम्पन्न भएको हो । यहाँ २ हजार ४ सय ३ मत खसेको थियो, जसमा १ सय ३८ मत बदर भएको हो ।

अब खाना खाएर पुनः मतगणना सुचारु हुने धनुषा ४ मुख्य निर्वाचन अधिकृत सुदिप दंगालले बताए ।

यसपछि जनकपुर ९ नं. वडाको मतपेटिकाको गणना हुने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved