काठमाडौं। मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै बस्न पाउने भएका छन्। यसअघिका चुनावमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूलाई मतदान केन्द्रमा राख्ने गरिएको थियो।
सबै दलका प्रतिनिधि राख्दा मतदान केन्द्रमा भिडभाड हुने भएपछि यो पटक भने उम्मेदवारका प्रतिनिधि मात्रै राख्ने व्यवस्था गरिएको हो। निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा निर्देशिका पठाएर सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिले मात्रै मतदान प्रतिनिधि नियुक्त गरी राख्न सक्ने व्यवस्थाबारे जानकारी गराएको छ।
यो व्यवस्था अनुसार मतदान केन्द्रमा सम्बन्धित प्रदेश र सङ्घमा उम्मेदवार नभएको राजनीतिक दलका प्रतिनिधिहरु बस्न पाउँदैनन्। सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिको आधिकारिक हस्ताक्षर भएको पत्र पेस गरेपछि मात्रै मतदान केन्द्रमा प्रतिनिधि बस्न पाउने छन्।

Facebook Comment
Comment