५ जना प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनाले त्यागे एमाले

नेपालभ्युज

५ जना प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनाले त्यागे एमाले

काठमाडौं ।  नेकपा एमालेका ५ जना प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

बारा ३ का एमालेका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै उनिहरुले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दे एमाले परित्याग गर्ने घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेमा मधेस प्रदेश कमिटी सदस्यहरु श्रीकाजी मोक्तान, उमेश कुशवाह, कलामुद्दीन अन्सारी, प्रदीप साह तथा पूर्व सदस्य देवराज घिमिरे रमण रहेका छन् ।

पार्टी परित्याग गरेका प्रदेश कमिटी सदस्यलगायत ७६ जनाले मंगलबार संयुक्त विज्ञप्तिमार्फत् बारा ३ मा ४० वर्षदेखि पार्टीमा कार्यरत, योग्य, दक्ष र इमान्दार कार्यकर्ता हुँदा हुँदै कार्यकर्ताको चाहना र भावना विपरीत क्षेत्र बाहिरबाट टुरिष्ट उम्मेदवार ल्याउँदा कार्यकर्ताहरुले घोर अपमान र लज्जा महसुस गरेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र व्यक्तिवादी नियन्त्रण कायम गरेर आलोचना आत्मलोचनाको परिपाटी समाप्तगरी निषेधको राजनीतिले पार्टीको दर्शन, विचार, नीतिको सैद्धान्तिक स्खलन भएको छ ।’

उनीहरुले एमाले नेताहरुको गतिविधि र व्यवहारका कारण श्रमिक, किसान, मजदुरका साथै नेपाल र नेपाली जनताको हित र जीवनस्तर सुधारका पक्षमा जनताको अपेक्षा अनुसार काम हुने अवस्था नदेखिएकाले पार्टी परित्याग गरेको बताएका छन् ।

एमालेले बारा ३ बाट प्रतिनिधि सभामा ज्वालाकुमारी साह र प्रदेश सभातर्फ बारा ३ (२) मा महम्मद समिरलाई उम्मेदवार बनाएको छ । उनिहरु दुवै जना नेकपा माओवादी केन्द्र छाडेर एमालेमा गएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved