पाकिस्तानले ‘इरानको अनुरोध’मा बोलायो सुरक्षा परिषद्को आपतकालीन बैठक

नेपालभ्युज

पाकिस्तानले ‘इरानको अनुरोध’मा बोलायो सुरक्षा परिषद्को आपतकालीन बैठक

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इशाक दारले इरान र इजरायलबीच बढ्दो तनावको सम्बन्धमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइएको जानकारी दिएका छन् ।

उनले इरानको अनुरोधमा बैठक सामाजिक सञ्जाल एक्समार्फत् आइतबार जानकारी दिएका हुन् ।

‘इरानको अनुरोधमा, आइतबार अमेरिकी समयअनुसार दिउँसो संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइएको छ,’ उनले लेखेका छन् ।

विदेशमन्त्री दारका अनुसार इरानले अनुरोध गरेको यो कार्यमा पाकिस्तानलाई चीन र रुसको समर्थन छ ।

अमेरिकाले आइतबार बिहान इरानको फोर्डो, नातान्ज र इस्फहानस्थित आणविक स्थलहरूमा आक्रमण गरेको थियो । त्यसपछि इरान र इजरायलबीच द्वन्द्व थप फैलिने खतरा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved